पूर्व मन्त्री करिमा बेगमसहित ठूलो संख्यामा नेता कार्यकर्ता जनमत पार्टीमा प्रवेश

  • ख-
  • ख+

जनकपुरधाम । पूर्व मन्त्री करिमा बेगमसहित पर्सामा विभिन्न पार्टी परित्याग गरी ठूलो संख्यामा नेता कार्यकर्ताहरू जनमत पार्टीमा प्रवेश गरेका छन् ।
वीरगञ्जमा आज आयोजित एक समारोहबीच पूर्व मन्त्री बेगम, पूर्व मधेश प्रदेश सांसद प्रह्लाद गिरी, लोसपाका केन्द्रीय सदस्य शशी कपुर मियाँलगायतका नेता कार्यकर्ताहरू जनमत पार्टीमा प्रवेश गरेका हुन् ।

उनीहरूलाई जनमतका राष्ट्रिय अध्यक्ष डा। सीके राउतले फूलमाला लगाएर पार्टीमा भित्र्याए ।

पर्सामा विभिन्न पार्टीका करिब १ हजार बढी नेता कार्यकर्ता जनमत पार्टीमा प्रवेश गरेको सो पार्टीले दाबी गरेको छ । पूर्व मन्त्री, पूर्व सांसद र केन्द्रीय नेताहरू समेत प्रवेश गरेपछि जनमत पर्सामा मजबुत बन्दै गएको छ ।

सो कार्यक्रमलाई सम्बोधन गर्दै जनमतका राष्ट्रिय अध्यक्ष डा। राउतले मधेससँग मधेशकै नेताहरू गद्दारी गरेकाले पुनः मधेश आन्दोलन गर्न आवश्यक भएको बताएका छन् । (नेपाल प्रेस)

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्