पत्रकार सागर गिरीलाई तनहूँ समाज हङकङका पूर्व अध्यक्षहरुको सहयोग

  • ख-
  • ख+

तनहूँ । केही समय अघि मोटरसाइकल दुर्घटनामा घाइते भएका पत्रकार सागर गिरीलाई तनहूँ समाज हङकङका पूर्व अध्यक्षहरुले आर्थिक सहयोग गरेका छन् ।
उनीहरुले गिरीको उपचारार्थ नगद रु ५ हजार सहयोग गरेका हुन् । समाजका पूर्व अध्यक्षहरु जंग थापा र भीमराज गुरुङले सहयोग गरेका हुन्।
समाजको तर्फबाट ब्लड क्यान्सर पीडित महिलालाई सहयोग रकम हस्तान्तरण गर्न दमौली आएका उनीहरुले पत्रकार गिरीको अवस्थाबारे जानकारी पाएपछी तत्कालै सहयोग गरेका हुन् ।
उनीहरुले उक्त सहयोग रकम नेपाल पत्रकार महासंघ तनहूँका सदस्य श्रीहरि पौडेललाई हस्तान्तरण गरेका हुन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्