विवाह गरेको २ महिनामै भानुका मनोज बिष्टले गरे दमौलीमा श्रीमतीको हत्या

  • ख-
  • ख+

तनहूँ । विवाह गरेको २ महिनामै भानु नगरपालिका वडा नं. ५ मैवल हटियाका मनोज बिष्टले गरे श्रीमतीको हत्या गरेका छन् । बिष्टले २ महिना अगाडि विवाह गरेका व्यास नगरपालिका वडा नं. १२ लामिडाँडाकी २२ बर्षिय रंगिला भुजेलको हत्या गरेका हुन् । भुजेलको शव जेठ ३० गते व्यास नगरपालिका वडा नं. ४ गुरुङ च्यानडाँडा स्थित सुवर्ण मार्ग कच्ची सडकको कुनामा रहेको ढलको पानी जानको लागी बिछ्याईएको ह्‍युम पाइपमा प्लास्टिकको बोराभित्र सडिगली दुर्गन्धित अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय तनहूँले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय तनहूँका प्रमुख एस पि अवदेश बिष्ट क्षेत्रीका अनुसार शव भेटिएको केहि समयपश्चात सनाखत भएकी मृतक तनहू भानु नगरपालिका वडा नं. ५ मैबल हटिया घर भई तनहूँ जिल्ला व्यास नगरपालिका वडा नं. ४ स्थितमा डेरा गरी बस्ने बर्ष २२ की रंगिला भुजेललाई हत्या गरी फालेको प्रारम्भिक अनुसन्धानबाट देखिएको र उक्त घटनाको अनुसन्धानको लागी कार्यालय प्रमुख बिष्ट क्षेत्री समेतको अनुसन्धान टोलीले घटनाको गम्भिर तवरले अनुसन्धान सुरु गरेको थियो । भुजेलका श्रीमान् मनोज बिष्टलाई ३० गते राति दमौली बजारको तरकारीलाईनमा फेला पारी प्रारम्भिक अनुसन्धान गर्दा मृतक रंगिला भुजेलको हत्या गरी ह्‍युम पाईपमा लगी फालेको भनी बताएकोले तत्काल नियन्त्रणमा लिईएको र निजलाई जेठ ३१ गते सम्मानित तनहूँ जिल्ला अदालतबाट कर्तव्य ज्यान मुद्दा शिर्षकमा ५ दिन को म्याद थप अनुमती लिई थप अनुसन्धान भईरहेको पनि जिल्ला प्रहरी कार्यालय तनहूँका प्रमुख एस पि अवदेश बिष्ट क्षेत्रीले जानकारी दिनुभएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?