होटलमा अनैतिक क्रियाकलापमा संलग्न सन्चालक सहित पाँच महिला पक्राउ

  • ख-
  • ख+

लम्जुगं । बेसीशहरस्थित विभिन्न होटलमा अनैतिक क्रियाकलापमा संलग्न होटल संचालकसहित पाँचजना पक्राउ परेका छन । बेसीशहर नगरपालिका वडा नं. ८ स्थित होटल हिमशिखर र ताप्लेजुङ तोङ्वा एण्ड सेकुवा कर्नरवाट संचालक सहित युवतीहरु पक्राउ परेका हुन ।

वेशिसहरस्थित होटलहरुमा अनैतिक क्रियाकलाप हुने गरेको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयको विशेष टोलीले आईतवार संचालन गरेको सर्च अपरेशनका क्रममा पाँच जना युवतीलाई पक्राउ गरिएको हो ।

युवती र होटल संचालक महिलाहरुले खाजा खान आउने ग्राहकहरुसँग वार्गेनिङ गरि अनैनिक क्रियाकलाप गर्ने गरेको पाईएको छ ।
पक्राउ परेका युवतीहरुलाई सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताको कसूरमा अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख प्रहरी नायव उपरीक्षक प्रकाश श्रीमलले वताउनुभयो ।

पक्राउ परेका होटल संचालक र युवतीहरुको जिल्ला प्रशासन कार्यालयवाट सात दिन म्याद थप अनुसन्धान सुरू गरिएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रवक्ता प्रहरी निरीक्षक जगदिश रेग्मीले जानकारी दिनुभयो । (साभारः रेडियो मर्स्यागंदी)

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?