तनहूँ । भरुवा बन्दुक सहित पक्राउ परेका तनहूँको घिरिगं गाँउपालिका वडा नं.४ का टेकबहादुर सोती मगरलाई थुनामा राखि अनुसन्धान गर्नको लागि ७ दिन म्याद थप भएको छ । हातहतियार खरखजना मुद्दामा सम्मानित तनहूँ जिल्ला अदालतले अनुसन्धान गर्नको लागि ७ दिनको म्याद थप गरेको जिल्ला प्रहरी कार्यालय तनहूँका प्रहरी नायव उपरीक्षक एवं सूचना अधिकारी मोहन बहादुर खाँणले जानकारी दिनुभएको छ ।
टेकबहादुरलाई असार ८ गते घिरिङ गाउँपालिका वडा नं.४ करूवाटार स्थित सालिग्राम कोरीडोर मोटर मार्गमा अवैध रूपमा एकनाले भरूवा बन्दुक साथमा लिई हिडेको अवस्थामा फेला पारी शरिर खानतलासी गर्दा निजको साथबाट फलामको छर्राका टुक्रा, बारुद, प्लाष्टिक कागजको टुक्रा, पटका समेत फेला परेको जिल्ला प्रहरी कार्यालय तनहूँका प्रहरी नायव उपरीक्षक एवं सूचना अधिकारी मोहन बहादुर खाँणले जानकारी दिनुभएको छ ।

                    



				                               
							
							
							
    
    
    
    
    
    
    

