नेपाली कांग्रेस व्यास ३ का सह-सचिव करुणराज काफ्लेद्धारा कांग्रेस परित्याग

  • ख-
  • ख+

(सम्माननिय राष्ट्रपती रामचन्द्र पौडेल र गण्डकी प्रदेश सभा सदस्य अशोक श्रेष्ठका साथमा करुणराज काफ्ले)

तनहूँ । व्यास नगरपालिका वडा नं. ३ का नेपाली कांग्रेसका सह-सचिव करुणराज काफ्लेले नेपाली कांग्रेस परित्याग गर्नुभएको छ । सोमवार सामाजिक संजालमार्फत वडा सभापतिलाई गरिएको सम्बोधनमा काफ्ले आजका मितिदेखि नेपाली कांग्रेसको साधारण सदस्य समेत नरहने गरि पार्टी परित्याग गरेको घोषणा गर्नुभएको हो ।
”पछिल्लो समय नेपाली कांग्रेस गुट उपगुटमा रमेको र सामाजिक कार्यहरु गर्दा पनि राजनीति र कुण्ठाग्रस्तहरुको जमातले काम गर्न नै नदिईने भएकोले उक्त पार्टीमा बसेर अपमानित हुनुभन्दा स्वतन्त्रपूर्वक जीवन जिउन उचित ठानेर पार्टी परित्याग गरेको” उहाँले बताउनुभएको छ ।
काफ्ले दमाौली बजारको नेपाल कै नमुना विद्यालय सत्यवती माध्यमिक विद्यालय दमौलीको व्यवस्थापन समितिको निर्वाचित अध्यक्ष हुनुहुन्छ ।

करुणराज काफ्लेको राजिनामा

श्रीमान सभापती ज्यु ,
नेपाली काङ्ग्रेश
ब्यास ३,
दमौली, तनहूँ
बिषयः राजिनामा सम्बन्धमा ।
उपरोक्त सम्बन्धमा म करुणराज काफ्ले नेपाली काङ्ग्रेश ब्यास न पा वडा न ३ को सह-सचिब रहेकोमा आजको मितिदेखी नेपाली काङ्ग्रेशको साधारण सदस्य समेत नरहने गरि पार्टी परित्याग गरेको घोषणा गर्दछु ।
करुणराज काफ्ले
ब्यास- ३ दमौली, तनहूँ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?