रास्वपाले बनायो विपदमा खटिन रेपिड एक्सन टिम

  • ख-
  • ख+

राष्ट्रिय स्वतन्त्र पार्टीले विपदमा खटिन द्रुत एक्सन टोली (रेपिड एक्सन टिम) बनाएको छ।

रास्वपाले आइतबार सामाजिक कार्यमा केन्द्रित रहने उद्धार, खोज र राहतमा खटिने गरी प्रदीप तिमल्सेनाको नेतृत्वमा द्रुत समूह बनाएको हो।

केन्द्रीय द्रुत कार्य समूहमातहत रहने तथा ७ देखि ३३ जना पार्टी सदस्य खटिनेगरी समूह बनाइएको ढकालले बताएका छन्।

केन्द्रीय द्रुत कार्य विभागमा विष्णुपुकार श्रेष्ठ छन्। उनले नै प्रमाणीकरण गर्नुपर्ने गरी कार्यविधि तय गरिएको छ।

यस्तो समूह प्रदेश र स्थानीय तहमा बनाउन सक्ने रास्वपाले बताएको छ।

केन्द्रमा तिमल्सेना संयोजक चयन भएका छन्। त्यस्तै उपसंयोजकमा प्रेम थापा, सचिवमा फणिन्द्र पौडेल र कोषाध्यक्ष कृष्णबहादुर थापा रहेका छन्। त्यस्तै सदस्यहरूमा शेरबहादुर सिंह, सुरज खड्का, रामकृष्ण श्रेष्ठ, दिपा केसी बास्तोला, महमद हुसेन खान, रवि भुजेल, मिलनचन्द्र महत, चिरञ्जिवी तिमल्सिना छन्।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?