भानुको यस बर्षको बजेटले थुप्रै जनमुखी कामहरु गर्नेछः दिवाकर पौडेल- प्रमुख प्रशासकीय अधिकृत, भानु नगरपालिका

  • ख-
  • ख+

आदिकवि भानुभक्त आचार्यको जन्मस्थल उहाँकै नामबाट नामाकरण भएको नगरपालिका भानु नगरपालिका तनहूँका अन्य नगरपालिकाभन्दा अलि बढि विवाद भईरहने नगरपालिकाको नामले चिनिन्छि । संघियता पश्चात स्थानिय निकायमा निर्वाचित भएर आएका अघिल्ला जनप्रतिनिधिले राम्रोसग काम गर्न पाएको सुखद अनुभव छैन भने उक्त नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत भएर आउनेले पनि पुरा कार्यकाल बस्न चाहेको हत्तपत्त भेटिदैन । यस्तो ईतिहास बोकेको नगरपालिकामा केहि महिना अगाडि दिवाकर पौडेल प्रमुख प्रशासकीय अधिकृतको रुपमा आउनुभएको छ । प्रमुख प्रशासकीय अधिकृत फेर्ने मामिलामा ४ बर्षमा करिब १२ जना प्रमुख प्रशासकीय अधिकृत फेरेर ईतिहास बनाएको लम्जुगंको सुन्दर बजार नगरपालिका २ बर्ष सबैको मन बुझाएर सम्हालेको हुँ भन्ने भानु नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिवाकर पौडेलसग भानुको आर्थिक बर्ष २०८०।८१ को बजेट र समग्र नगरपालिकाको बारेमा गरिएको कुराकानीः

प्रश्नः जेठ १ गतेबाट भानु नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा सरुवा भएर आउनुभएको छ कस्तो पाउनुहुन्छ नगपालिकाको अवस्था ?
म भानु नगरपालिका कै छिमेकी नगरपालिका लम्जुगंको सुन्दरबजार नगरपालिकाबाट सरुवा भएर आएको हुँ । भानु नगरपालिका यातायातको पहुँच भएको ठाँउ हो । यस नगरपालिकाभित्र रहेका १३ वटा वडाहरुमा कच्चि वा पक्की सडकको पहुँच पुगिसकेको मैले पाएको छु । समग्रमा नियाल्दा भानु मैले सम्भावनै सम्भावना भएको ऐतिहासिक नगरपालिका पाएको छु ।

प्रश्नः हालसालै आर्थिक बर्षको २०८०।८१ बजेट सगै नगरपालिकाको नीति तथा कार्यक्रम पेश भएको छ , तपाईसग त अरु नगरपालिका चलाएको अनुभव पनि छ कस्तो छ भानुको नीति तथा कार्यक्रम ?
भानु नगरपालिकाले यस बर्ष पेश गरेको नीति तथा कार्यक्रमले सबैक्षेत्रलाई समेटेको छ । राज्यले तोकेका शिक्षा, स्वास्थ्य, कृषि क्षेत्रलाई पनि हामीले उच्च प्राथमिकतामा राखेका छौ भने पर्यटनक्षेत्रलाई पनि बिशेष ध्यान दिएका छौ । गरिब, विपन्न, सकुम्वासी, शहिद परिवार, वेपत्ता परिवारको राहतको लागि विमा कार्यक्रम, फुसको छाना भएका परिवारलाई पनि सहयोग गर्ने नीति तथा कार्यक्रमहरु ल्याएका छौ । नीति तथा कार्यक्रममा केहि नयाँ र अघिल्लो बर्ष नसमेटिएका कार्यक्रमहरु पनि समेटेका छौ ।

प्रश्नः तपाईहरुले १ अर्व ७ करोडको बजेट ल्याउनुभएको छ यो बजेट समग्रमा बिकास निर्माणका कामहरु अगाडि बढाएर जनप्रतिनिधि जनताको मन बुझाउन सकिन्छ ?
१३ वटा वडा भएको नगरपालिका , अझ भन्नुपर्दा विकट नगरपालिकामा १ अर्ब ७ करोड रुपैया त पर्याप्त छैन ।यस बजेटबाट ४० करोड ११ लाख त शसर्तको कार्यक्रम रहेको छ । ३५ करोड २९ लाख को बजेट बाँडफाँड गर्दैछौ । २५ करोड जति बजेट सामाजिक सुरक्षा भत्ता वितरणमा नै जाने गर्दछ । पोहोरको भन्दा यस बर्ष अलिकति कम छ तर पनि जनप्रतिनिधि आफु निर्वाचनमा उठ्दा गरेका बाचाहरुलाई पुरा गर्न सहयोग गर्ने गरि वितरण गर्ने प्रयास गरेका छौ । सबैको लागि पर्याप्त नभएपनि कुनै पनि क्षेत्र नछुटाउने थरिबजेट बाँडेका छौ । खेलकुद, भानु जन्मस्थल, वन्यजन्तु संरक्षण,स्वास्थ विमा लगायत विभिन्न क्षेत्रहरुलाई यसपटकको बजेटले सम्बोधन गरेको छ।

प्रश्नः भानु नगरपालिका पटक पटक विवादमा आउने नगरपालिका हो , यस नगरपालिकामा आउने प्रमुख प्रशासकीय अधिकृत काम गर्न सकिएन भनेर यहाँबाट जाने गरेको पाईन्छ तपाई यहाआ्उको करिब ४०, ४५ दिन हुन लाग्यो कस्तो छ यहाँको अनुभव ?
तपाईको प्रश्न समय सान्दर्भिक छ तर म पनि ४ बर्षमा १२ जना प्रमुख प्रशासकिय अधिकृत फेरिएर म १३ औं नम्बरमा गएर नगरपालिका ल्रम्जुगंको सुन्दरबजार नगरपालिका २ बर्षभन्दा बढि सम्हालेर आएका व्यक्ति भएको कारण पनि म मिलाएर चलाउन सक्छु भन्ने आ्तमविश्वास छ । तर बाहिर भनेजस्तो भानुमा कहि कतै विवाद देखिएकोछैन त्यहि अलिकति नगरपालिकाको अफिसको सम्बन्धमा विवाद रहेछ त्यो पनि यहाँका जनप्रतिनिधिहरु राष्ट्रपतिदेखि माननियहरुले चाहनुभयो भने क्षणभरमा नै मिलाउन सकिन्छ नभए सर्वोच्च अदालतमा मुद्धा परेको छ अदालतले त छिनोफानो गर्ने नै छ । मलाई त्यस्तो ४, ५ महिनामा भानु छोडेर हिड्नुपर्छ जस्तो लाग्दैन ।

प्रश्नः भानुमा जनप्रतिनिधि नयाँ हुनुहुन्छ आरोप त नलगाँउ तैपनि युवा जनप्रतिनिधिहरु तातो रगतको र चाडै डिसिजन गर्न खोज्ने कहिले प्रशासनले सम्झाएको कुरा पनि नमान्ने हुनसक्नुहुन्छ यी कुराहरुले कत्तिको समस्या पारेको छ ?
अलि अलि देखिएका समस्याहरुलाई सम्बोधन गर्न हामीले अधिवेशन अगाडि बिचार विमर्श गरेका गर्यौ सबैले पनि निकै राम्रो कुराहरु राख्नुभयो त्यसपछि हामीर्ले कदमै सौहार्दपुर्ण वातावरणमा नीति तथा कार्यक्रमहरु पास गरेका छौ । हामी सबैमा हमी जनताले तिरेको कर खाएर जनताको काम गर्न आएका हौ भन्ने भावना भयो भने काम गर्न कत्ति पनि गारो छैन भन्ने सबैमा फिल भएको छ र हामी कर्मचारी जनप्रतिनिधिहरु त्यहि रुपमा अगाडि बढेका छौ ।

प्रश्नः बेरुजूँ भ्रष्ट्राचार त होई तर लामो समयसम्म बेरुजूँ फरछ्यौट नगर्ने र हिसाव मिलान नगर्ने गर्दा विविध खर्च लगायतका विभिन्न शिर्षकमा महालेखा पक्षिकको प्रतिवदेनले प्रश्न खडा गरेको छ नि त्यसलाई यहाँले कसरी लिनुभएको छ ?
जुन यो पटकको महालेखाको प्रतिवेदन आएको त्यसमा धेरै गल्तीहरु देखिए जस्तै भानुका १३ वटा वडालाई दिईएको ५८ लाख ५० हजार रुपैया प्रशासनिक खर्च, तलब, भत्ता पनि विविध खर्चमा राखिदिएर खर्च देखाई दिएको छ खासमा विविध खर्च त जम्मा २५ लाख जति रहेछ । हामी आउदा बर्षहरुमा अझ विविध खर्च घटाउने प्रयासमा छौ भने महालेखा परिक्षकको कार्यालयलाई पनि प्रशासनिक खर्च पनि विविध शिर्षकमा नाखिकन सुधार गरिदिनुपर्यो भन्नेछौ । अर्को कुरो मलेपले औल्याएका बेरुजुँ छानविनको लागि हाम्रो आफ्नै सार्वजनिक लेखा समितिले छानविन गरेर के गर्न सकिन्छ त्यहि अनुरुप अगाडि बढाउनेछौ ।

प्रश्नः अन्तमा यहाँले म त ४ बर्षमा १२, १३ जना प्रमुख प्रशासकीय अधिकृत फेरिने सुन्दर बजार नगरपालिकामा त सबैलाई मिला्एर २ बर्ष काम गरेर भानुमा आ्एको हुँ भन्नुभएको छ अब यहाँको र जनप्रतिनिधिहरुको भिजन र मिशन मिल्यो भने आउने दिनमा भानुलाई कस्तो देख्न पाईएला ?
मेरो ४२, ४५ दिनको बसाईमा आफु ईमान्दार भएर लाग्नुपर्छ भन्ने मेरो मान्यता रहेको छ । हामीले मेरो योजना यो हो, मेरो मनसाय यो हो भनेर सबैलाई बुझाएर अगाडि बढ्न सक्यौ भने कुनै पनि बाधा अवरोधहरु आउने छैनन् सहयोग पाईनेछ । हामी त सबैजना मिलेर प्रदेश सरकारबाट, केन्द्र सरकारबाट बजेट ल्याउन मिलेर अगाडि बढ्नु जरुरी छ तब मात्र भानुलाई बिकासको पथमा अगाडि बढाउन सकिनेछ भन्ने मलाई लागेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?