दमौलीमा संचालित अस्पतालहरुलाई सचेत गराउदै राष्ट्रिय युवा संघ नेपाल

  • ख-
  • ख+

तनहूँ । राष्ट्रिय युवा संघ नेपालले दमौलीमा संचालनमा रहेका अस्पतालहरुलाई सचेत गराउदै आज एक ध्यानाकर्षण पत्र बुझाएको छ । राष्ट्रिय युवा संघ नेपाल व्यास नगर कमिटिका अध्यक्ष अजित पन्थको सयोजकत्वमा रहेको उक्त टोलीले नपाल सरकारले तोकेको मापदण्ड अनुरुप अूपताला संचालन गर्न, सरकारले निर्देशिका २०७४ बमोजिम अस्पतालमा उपचारका लागि आउने विपन्न, असहायतथा वेवारिसे बिरामीको लागि १० प्रतिशत शैयाको व्यवस्था गर्नु पर्ने लगायतका अन्य सुविधाहरु प्रदान गर्न पनि आग्रह गरेको छ ।
दमौलीमा संचालित विभिन्न अस्पतालका संचालकहरुलाई बुझाईएको ध्यानाकर्षण पत्रमा अस्पतालहरुमा कार्यरत स्टाफहरुलाई कम पारिश्रमिकमा काम गर्न बाध्य पारिएको गुनासो आएकोले नेपाल सरकारले तोकेको न्युनतम पारिश्रमिक प्रदान गरिदिनुहुन र युवा संघले समय समयमा अनुगमन गर्ने पनि जनाईएको छ ।
अस्पतालहरुको हेलचक्रयाँई अत्याधिक बढेको गुनासो आईरहेकोले अस्पतालहरुलाई सचेत गराउन ज्ञापनपत्र बुझाईएको संघका अध्यक्ष अजित पन्थको भनाई रहेको छ साथै आगमी दिनमा यस्तागुनासाहरु दोहोरिरहे जनताको पक्षमा कार्यक्रम ल्याउने पनि युवा संघको योजना रहेको पन्थको भनाई छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्