ठुलो जनदवाव र लाजमर्दो अवस्था श्रृजना भएपछि जिल्ला प्रशासन कार्यलय तनहूँ र व्यास नगरपालिकाको अगुवाईमा दमौलीका ५ वटा अस्पतालहरुको अनुगमन गरिएको छ । जिल्ला प्रशासन कार्यालय तनहूँमा भएको सहमति अनुसार असार १९, २० र २१ गते दमौली बजारमा भएका स्वास्थ्य संस्थाहरुको अनुगमन गर्ने क्रममा दमौलीका कुनै पनि नीजि अस्पतालहरु नियमानुसार चलेको पाईएको छैन ।
म्याद गुज्रेका औषधी बेच्नु, अस्पताल नै फोहोर मैला थुपार्ने डम्पिगं साईट हो कि जस्तो देखिनु सामान्य भएको छ । स्विकृत लिने बेलामा १५ सैयाको अस्पताल स्विकृत लिएर क्लिनिक जस्तो गरि संचालन गरेको पनि दमौलीका धेरै अस्पतालहरु पाइएको छ । नगरपालिकाले अस्वभाविक रुपमा कर बढायो भनेर नविकरण नगरिकन अस्पताल चलाउनु त सामान्य बिषय भएको छ भने नगरपालिकाको हेलचक्रयाँईले हो कि अस्पताल संचालकहरुको लापवाहीले हो नियमितरुपमा नगरपालिकामा बुझाउने प्रतिवेदन बुझाउने अस्पताल पनि निकै कम रहेका छन् । त्यसैबिच उक्त टोलीले निमचोकको सिटी जनरल अस्पताललाई जरिवाना तिरेर नविकरण गर्न र म्याद गुज्रेका औषधी नराख्न निर्देशन दिएको छ भने तरकारी लाईन नजिकैको नेशनल एपोलो अस्पताललाई म्याद गुज्रेको औषधी प्रयोग नगर्न निर्देशन दिएको छ । मालपोत लाईनको समाधान अस्पताल र पुरानो फिल्म हल जाने बाटोको वस नगर अस्पताललाई पनि फोहोर मैलाको उचित व्यवस्थापन गर्न निर्देशन दिईएको छ । प्रदेश सरकारबाट ५० सैयाको अस्पतालकोको स्विकृत ल्याएको भोर्लेटार चोकको रत्नहरि अस्पताललाई बिरामी जाँच्ने कक्ष व्यवस्थित गर्न निर्देशन दिईएको छ ।
”अनुगमन टोलीले दिएको निर्देशन नमान्ने अस्पताललाई के कारवाही हुन्छ त ?” भनेर व्यास नगरपालिका स्वास्थ्य शाखाका प्रमुख प्रमोद सोतीसग प्रश्न गर्दा ”अब कुनै पनि बेला अनुगमन गर्दा गल्तिहरु भेटिएला १५ सैयासम्मको अस्पतालमा नगरपालिकाले बन्द गराउनुसक्ने अधिकार भएको र कारवाही स्वरुप बन्द गरिने” सोतीले बताउनुभएको छ ।
तनहूँको दमौलीमा गतिलो सरकारी अस्पताल नहुँदा बिरामीले सास्ति भोगिरहेका छन् भने मापदण्ड पुरा नै नगरिकन मनपर्दीरुपमा संचालन भएका अस्पतालहरु र अस्पतालले असुल्ने चर्को शुल्कले बिरामीहरु चरम मर्कामा परेका छन् ।








