दमौलीका गीतकार सागर उदासको “तिम्रो मेरो पिरतीमा” गीतको म्युजिक भिडियो सार्वजनिक हुदै

  • ख-
  • ख+

तनहूँ । असार २४ गते । तनहूँको ऐतिहासिक एवं पर्यटकिय स्थल तनहूँसुरमा छायाङ्गन गरिएको एउटा गीतको भिडियो सार्वजनिक हुने भएको छ । जातिय विभेदका घटनाहरुलाई प्रस्तुत गरिएको गीतको म्युजिक म्भिडियोमा कलाकारहरू सुदिप पौडेल, सपना न्यौपाने, बालकृष्ण श्रेष्ठ, सुब्बा बि.क., रामु पौडेल, रमेश शर्मा लगायतको अभिनय रहेको छ ।
“पानीको फोका जस्तै” चर्चित गीतका गायक मनोज राज शिवाकोटीको सुमधुर आवाज अनि बहुआयामिक गीतकार सागर उदासको शब्द सृजनामा तयार गीत “तिम्रो मेरो पिरतीमा”को गीतको हरि लम्सालद्वारा संगीतवद्व हो भने पत्रकार पूर्ण बि.क. ले यसको निर्देशन गरेका छन् ।
जातको कारण सुमधुर प्रेम सम्बन्ध वियोगमा परिणत भएको कथावस्तु समेटिएकोे भिडियोको छायांकन तथा सम्पादन सुशान पन्थले गरेका हुन् भने ड्रोन पाइलट महेस वाग्ले रहेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्