बल्छी ध्रुवेसहितका कलाकारविरुद्ध अभियोग पत्र दर्ता, ६४ करोड ९४ लाख बिगो दाबी

  • ख-
  • ख+

काठमाडौं । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले सोमबार मरिचमान श्रेष्ठ ९बल्छी ध्रुवे०, राजु पौडेल ९राजु मास्टर० सहितका कलाकारविरुद्ध काठमाडौं जिल्ला अदालतमा अभियोग पत्र दर्ता गरेको हो ।

वकिलको कार्यालयले सोमबार दर्ता गरेको अभियोग पत्रमा बल्छी ध्रुवे, राजु मास्टरसहित बेगम नेपाली, एलिस राई, दिनेश खड्का, जलन घर्तीमगर, गणेश देवकोटा, अनिता धिताल, रोशन खतिवडा, सरोज घिमिरेविरुद्ध सट्टेबाजी गर्ने वेबसाइटको प्रचार गरेको आरोप लगाइएको छ । दिनेश र अनितालाई भने ६४ करोड ९४ लाख २९ हजार ८२० रुपैयाँ बिगो मागदाबी गरिएको छ ।

अभियोग पत्रमा उनीहरूले नेपाल राष्ट्र बैंक ऐन २०५८ विपरीत कार्य गरेकाले सोही ऐनको दफा ९५ अनुसार उनीहरूसँग बिगो जफत गरेर ३ गुणासम्म जरिवाना वा ७ वर्षसम्म कैद वा दुवै सजाय माग दाबी गरिएको छ । (नेपाल प्रेस)

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्