तनहूँ । असार तनहूँको दमौलीमा संचालित आयुर्वेदिक पसलहरुले जनस्वास्थ्यमा ठुलो खेलवाड गरेको भेटिएको छ । जिल्ला प्रशासन कार्यालय तनहूँ , व्यास नगरपालिका, जनस्वास्थ कार्यालय तनहूँ जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रको टोलीले दमौली बजारका ७ वटा पसलमा अनुगमन गर्दा ७ वटैमा गल्ती भेटिएको छ । पसलको लागि स्विकृति लिएर आयुर्वेदिक क्लिनिक संचालन गर्ने, अनावश्यकरुपमा होर्डिगं बोर्ड राखि बिरामीलाई प्रभावित गर्ने किसिमका चित्रहरु राख्ने, सबै प्रकारका रोगहरुको उपचार हुन्छ भनेर भ्रामक बोर्डहरु राख्ने, मिति गुज्रिसकेका औषधीहरु राख्ने, अव्यवस्थित रुपमा चेक जाँच गर्ने, सामान्य मानिसले पनि आफै चिकित्सिक हुँ भन्दै बिरामीको जाँच गर्ने , औषधी वितरण गर्ने पाईएको छ ।
”७ वटा आयुर्वेदिक पसलहरुमा अनुगमन गर्दा ७ वटा नै अव्यवस्थित र गैरकानुनी रुपमा संचालन गरेको पाईएकोले ति आयुर्वेदिक पसलहरु शिल गरिएको ” जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र तनहूँका प्रमुख डा. रामप्रवोध मण्डलले बताउनुभएको छ ।
”पसलको रुपमा स्विकृत लिने र क्लिनिक रुपमा संचालन गरेर बिरामीलाई दिगंभ्रमित बढि पार्ने कृयाकलाप र अव्यवस्थित भएको कारण शिल गरिएको र प्रतिवेदन तयार पारी अनुगमनमा सम्मिलित कार्यालयका प्रतिनिधिहरु बसेर के कस्तो कारवाही गर्ने त्यस्को छिनोफानो गर्ने’ ” व्यास नगरपालिका स्वास्थ्य शाखाका प्रमुख प्रमोद सोतीले बताउनुभएको छ ।
आज गरिएको अनुगमनका क्रममा गैरकानुनी रुपमा संचालित भेटिएका आयुर्वेदिक पसलहरुमा गणेशमानचोकको अमोल क्लिनिक, सत्यवती स्कुल अगाडिको स्पार्क हस्पिटल, प्रकाश आर्युवेद पसल, रुक्सान आयुर्वेद फर्मा, आयुष होमियोप्याथिक, व्यास होमियोप्याथिक र आरोग्य फार्मेसी रहेको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र तनहूँका प्रमुख डा. रामप्रवोध मण्डलले जानकारी दिनुभएको छ ।









