४७ जना विदुर र २९ जना एकल व्यक्तिलाई भत्ता वितरण

  • ख-
  • ख+

तनहूँ । असार २७ । तनहूँको म्याग्दे गाँउपालिकाले आर्थिक वर्ष ०७९।०८० मा ४७ जना विदुर र २९ जना एकल व्यक्तिलाई भत्ता वितरण गरेको छ ।
पालिकाले एकल भत्ता तर्फ ४० वर्ष उमेर कटेका अर्थात विवाह नै नगरेका र ज्येष्ठ नागरिक भत्ता पनि प्राप्त नगरेका २९ जना महिला तथा पुरुषलाई एकल भत्ता वितरण गरेको हो । त्यसैगरि पालिकाले विवाह गरेर श्रीमान तथा श्रीमती वितेर दोश्रो विवाह नगरी वसेको र ज्येष्ठ नागरिक भत्ता समेत प्राप्त नगरेको ४७ जनालाई बिदुर भत्ता वितरण गरेको छ ।
यसैगरि पालिकाले यस आर्थिक वर्षमा सम्वन्धित वडा कार्यलय वाट सिफारिस भई आएको ८६ जना विभिन्न प्रकारको अपाङता भएका ग र घ वर्गका व्यक्तिलाई अपाङगता भत्ता वितरण गरेको छ ।
समाजमा रहेको विभिन्न प्रकारले वाध्यात्मक जीवन व्यतित गर्ने व्यक्तिहरुलाई जीवन यापनमा केही सहज होस भन्ने हेतुले विदुर, एकल र अपाङता भत्ता वितरण गरेको पालिकाले जनाएको छ । यस आर्थिक वर्षमा पालिकाले विदुर, एकल र अपाङता भत्ता वापत कुल १६२ जनालाई मासिक ५ सयका दरले ९ लाख ६९ हजार पाँच सय वितरण गरेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?