बेसीशहर । लमजुङको बेसीशहर नगरपालिकाले आगामी आर्थिक वर्षको नीति कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ । नगरपालिकाले बुधवार नगर कार्यपालिका कार्यालयको सभाहलमा पत्रकार सम्मेलन गरी नगरसभाबाट पारित आर्थिक वर्ष २०८०/८१ को नीति कार्यक्रम र बजेटबारे जानकारी गराएको हो ।
कार्यक्रममा आगामी वर्षको नीति कार्यक्रम र बजेटमा समेटिएका मुख्यमुख्य विषय प्रस्तुत गर्दै नगरप्रमुख गुमान सिहं अर्यालले सिमित स्रोत साधानका कारण नगरवासीको सवै माग र आवश्यकतालाई सम्वोधन गर्न नसकेपनि दिगो विकासको लक्ष्यहरु प्राप्तीलाई मध्यनज गर्दै नागरिकहरुको सर्वोतम हितलाई आत्मसात गरी नीति कार्यक्रम र बजेट ल्याइएको बताउनुभयो ।
नगरवासीको माग र आवश्यकता अनुसार नगरपालिकाले अघिल्लो कार्यकालमा भौतिक पूर्वाधार विकासलाई पहिलो प्रथामितामा राखेर काम गरेकाले नै लक्ष्य भन्दा निकै उपलव्धी हासिल गरेको नगरप्रमुख आर्यालले वताउनुभयो ।
पूर्वाधार विकास र मानवीय विकासलाई सगै लैजाने नीति अनुरुप नगरपालिकाले आउँदो आर्थिक वर्ष ०८/८१ का लागि ७९ करोड ७२ लाख ६० हजार बजेट स्वीकृत गरेको नगरप्रमुख अर्यालले वताउनुभयो । बेसीशहरले पालिकातर्फ विभिन्न शिर्षकमा २ सय ७२ वटा र वडागतरुपमा सञ्चालन हुने गरी २ सय ७१ योजना छनौट गरी बजेट विनियोजन गरेको छ ।
सवैभन्दा धेरै भौतिक पूर्वाधार विकासतर्फ २२ करोड ४६ लाख ९० हजार बजेट विनियोजन गरेको नगरपालिकाले आर्थिक विकासतर्फ ६ करोड ६१ लाख ३५ हजार, सामाजिक विकासतर्फ ३४ करोड६७ लाख ९३ हजार, वातावरण तथा विपद् व्यवस्थापन तर्फ १ करोड १२ लाख ५२ हजार, सस्थागत र सुशासनमा १४ करोड, ८३ लाख ९० हजार बजेट रहेको छ ।
नगरपालिकाले कषिलाई उत्पादनमुखि र व्यवसायिक वनाउन नयाँ प्रविधिको प्रयोगमा जोड दिने, कृषि उपज ढुवानी, बजारिकरण र व्यवस्थापनका कृषकहरुलाई प्राविधिक सहायता गर्ने लगायतका कार्यक्रम अघि सारेको छ ।
विगतमा वर्षमा कृषिमा आधुनिकरणको लागि हातेट्याक्टर वितरणलाई प्रथामिकता दिएको नगरपालिकाले आगामी वर्ष सोको प्रयोगमा आउने समस्या समाधानमा जोड दिदै विपन्न किसानलाई हल गोरुमा नगद सहयोग गर्ने भएको छ ।
हामेस्टे तथा पर्यटक प्रर्वद्धनका कार्यक्रम, कोसेली घर स्थापना तथा सञ्चालन, सहकारी सस्थाहरुको नियमन, जेष्ठ नागरिक आपंगता लक्षित स्वास्थ्य सेवा कार्यक्रम, शैक्षिक सुधार कार्यक्रम, सडक निमार्ण तथा स्तरोन्नतीमा लागत साझेदानिका कार्यक्रम सञ्चालन सँगै एकिकृत शहरी विकास योजना कार्यन्वयन गरिने नगरपालिकाले जनाएको छ ।
कार्यक्रममा सञ्चारकर्मीहरुले कृषि उत्पादन संकलन र वजारिकरण, फोहरमैला व्यवस्थापन, रोजगारीको अवसर सृजना, पालिकाभित्र सडक मापदण्ड, सञ्चारसस्थाको समस्या लगायतका वारेमा जिज्ञासा र सुझाव राखेका थिए ।
नगरप्रमुख अर्यालले संचारकर्मीले खेलेको भुमिका अहम रहेको भन्दै सकरात्मक सन्देश सँगै खवरदारीले नै पालिकामा मात्रै नभई हरेक क्षेत्रलाई ध्यानाकर्षण गर्ने काम गरेको वताउनुभयो ।
बेसीशहर नगरपालिकाका प्रवक्ता हिरालाल विश्वकर्माले सहजिकरण गर्नुभएको पत्रकार सम्मेलन कार्यक्रममा उपप्रमुख पद्यमा गुरुङ, प्रशासकिय प्रमुख इमानाथ कंडेल, बेसीशहर २ का वडाअध्यक्ष मदनवहादुर राना, ५ का वडाअध्यक्ष इन्द्रवहादुर गुरुङ, १० का वडाअध्यक्ष गंगा थापा, नगरपालिकाका कार्यक्रम अधिकृत मेगेन्द्र पोख्रेल, नेपाल पत्रकार महासंघ लमजुङ शाखा अध्यक्ष परमेश्वर अधिकारी, पुर्व अध्यक्षहरु, विभिन्न रेडियो पत्रपत्रिका टेलिभिनमा आवद्ध सञ्चारकर्मीहरुको उपस्थिती रहेको थियो । (रेडियो मर्स्यागंदी)

                    



				                               
							
							
							
    
    
    
    
    
    
    

