वरिष्ठ मुर्तिकार पृथ्वीनारायण श्रेष्ठ राप्रपा प्रवेशः केन्द्रीय सदस्य बन्न सक्ने !

  • ख-
  • ख+

तनहूँ । वरिष्ठ मुर्तिकार पृथ्वीनारायण श्रेष्ठ राप्रपा प्रवेश गर्नुभएको छ । राप्रपा अध्यक्ष राजेन्द्र लिगंदेनले आज मुर्तिकार श्रेष्ठलाई पार्टी प्रवेश गराउनुभएको हो ।
नेकपा एमालेको पार्टी कार्यालय बल्खुमा राखिएको मदन भण्डारीको मुर्ति, हेटौडाको शहिद पार्कको मुर्ति, छाब्दी बाराहीको मुर्ति लगायतका विभिन्न मुर्तिहरु निर्माण गरि प्रख्याति कमाउनुभएका श्रेष्ठ राप्रपा प्रवेश गर्नुभएको हो । लामो समयसम्म कम्युनिष्ट पार्टीमा आवद्ध श्रेष्ठ तनहूँ दमाौलीको बासिन्दा हुनुहुन्छ भने मंसिरमा भएको संघिय निर्वाचनमा तनहूँ क्षेत्र नं. १ मा स्वतन्त्र उमेदवार बन्नुभएको थियो ।
बौद्धिक व्यक्तित्व श्रेष्ठलाई राप्रपाले केन्द्रीय सदस्य बनाउन सक्ने राप्रपाका नेता तथा कार्यकर्ताको भनाई रहेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्