चार्जमा रहेको मोबाइल फोन उठाउने क्रममा करेन्ट लागेर महिलाको मृत्यु

  • ख-
  • ख+

झापा । झापामा चार्जमा रहेको मोबाइल फोन उठाउने क्रममा करेन्ट सर्ट भई एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको गौरिगञ्ज गाउँपालिका १ का जगतबहादुर श्रेष्ठकी श्रीमती ५५ वर्षीय सिला बुढाथोकी रहेकी छन् ।

खेतमा काम गरेर घर फर्किएलगत्तै मोबाइलमा चार्जमा रहेको मोबाइलमा फोन आएपछि बुढाथोकीले फोन उठाएकी थिइन् । सोही क्रममा अचानक फोनबाट करेन्ट लागेर उनको घटनास्थलमै मृत्यु भएको हो । घटनाका सम्बन्धमा थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

(रातोपाटी)

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्