नेकपा एस तनहूँका अध्यक्ष श्रीराम कार्कीसहित २५ जना एमालेमै फर्किए

  • ख-
  • ख+

तनहूँ । नेकपा एकीकृत समाजवादी एस का तनहूँका जिल्ला अध्यक्ष श्रीराम कार्कीसहितका नेता नेकपा एमालेमा फर्किएका छन् ।

कार्यक्रममा जिल्ला अध्यक्ष कार्कीका साथमा दिपक खाति , भरत के सी , नारायण कार्की , विजय गौतम ,हरि कार्की ,भानु चापागाईं ,झकनारायण श्रेष्ठ , बिष्णु वहादुर अधिकारी ,कल्याण अधिकारी , सँचिता वि. क. लगाएत नेता कार्यकर्ताहरु प्रवेश गरेका हुन् । उक्त अवसरमा नेकपा एमाले उपमहासचिव पृथ्वी सुब्बा गुरुङ , केन्द्रीय सचिव गोकर्ण बिष्ट नेताहरु किरण गुरुङ , टुकराज सिग्देल , तिलक महत , भगवती न्यौपाने , सविता रसाइली लगाएतको उपस्थिति रहेको थियो ।
उक्त अवसरमा कार्कीले आफ्नो मुल घर एमालेलाई थप बलियो वनाउने प्रतिपद्धता व्यक्त गरेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्