पाल्पा । पाल्पामा माछा मार्ने जालमा फसेर डुब्दा एकजनाको मृत्यु भएको छ ।
रम्भा गाउँपालिका वडा नम्बर –२, फोक्सिङकोट रानीबासका २६ वर्षीय कोपिल पाडेमगरको कालीगण्डकी नदीमा माछा मार्न प्रयोग गरिने जालमा फसेर डुब्दा मृत्यु भएको हो ।
फोक्सिङकोटको छाप गाउँमा बस्दै आएका पाडेमगरको घरदेखि एक किलोमिटर टाढाको नदीमा माछा मार्न गएका बेला डुबेर मृत्यु भएको प्रहरी निरीक्षक भुपेन्द्र थापाले जानकारी दिए ।
प्रहरी चौकी हुगी र जिल्ला प्रहरी कार्यालयबाट प्रहरी अनुसन्धान अधिकृतसहितको टोली खटिएर अनुसन्धान सुरु गरेको छ ।
अनलाईन खबर

                    



				                               
							
							
							
    
    
    
    
    
    
    

