पहिरोले घर पुरिँदा आमाछोराको मृत्यु, ३ जना घाइते

  • ख-
  • ख+

बैतडी । बैतडीमा पहिरोले घर पुरिँदा आमा छोराको मृत्यु भएको छ ।

पुर्चौंडी नगरपालिका २ को भैरु टोलमा पहिरोमा घर पुरिँदा २५ वर्षीया अन्जु जागरी र उनका छोरा पाँच वर्षीय रिजन जागरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख, प्रहरी निरीक्षक कमलप्रसाद चौधरीले जानकारी दिए ।

अन्जुका देवर गोब्बर जागरी उनका आमा रायमति जागरी र छिमेकी जस्मा बोहरा पनि घाइते भएका छन् ।

उनीहरूलाई उद्धार गरेर अस्पताल लैजाने तयारी भइरहेको प्रहरी निरीक्षक चौधरीले जानकारी दिए ।
नेपाल प्रेस

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?