माछा मार्न गएका २६ बर्षीय आशबहादुर बोटेको बाघको आक्रमणबाट मृत्यु

  • ख-
  • ख+

चितवन । पश्चिम चितवनको मेघौलीमा बाघको आक्रमणबाट सोमबार दिउँसो १ जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका वडा नं। २८ को कोटेनीस्थित अन्द्रौली भन्ने ठाउँमा माछा मार्न गएका २६ बर्षीय आशबहादुर बोटेको बाघको आक्रमणबाट मृत्यु भएको हो ।

आक्रमण गर्ने बाघको खोजीका लागि चितवन राष्ट्रिय निकुञ्जबाट हात्तीसहितको टोली पुगेको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए ।

बाघले मारेर छाडेको हिडेकोले बाघको खोजी गरिएको उनले जानकारी दिए । चालु आर्थिक बर्षमा बाघको आक्रमणबाट मृत्य भएको यो नै पहिलो घटना हो ।
अनलाईन खबर

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्