लायन्स क्लब अफ् तनहूँ दमौलीद्धारा शैक्षिक सामाग्री वितरण

  • ख-
  • ख+

तनहूँ । साउन ९ । लायन्स क्लब अफ् तनहूँ दमौलीद्धारा चार्टर डेको अवसरमा शैक्षिक समाग्री वितरण गरेको छ । व्यास नगरपालिका वडा नं. ५ मानहूँकोटमा रहेको श्री मानुङ्ग प्रा. वि. मा कक्षा १ देखि कक्षा ३ सम्मका सम्पूर्ण छात्ररछात्राहरुलाई शैक्षिक सामाग्री वितरण गरेको हो । क्लबका पदाधिकारीहरुले विद्यार्थीहरुलाई झोला, ,सिसाकलम, ज्यामितिबक्स, कापी वितरण गर्नुका साथै स्कुलको पुस्तकालयको लागि कक्षा १ देखि ३ सम्मका पाँच ।पाँच थान पुस्तक पनि उपलब्ध गराएको थियो । उक्त पुस्तक वितरणको कार्यक्रमको सहयात्रीमा मोहन बतास फाउन्डेसन रहेको थियो ।
बर्ष २३/२४ का अध्यक्ष ओमराज श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रमको प्रमुख अतिथिमा लायन्स क्लब ३२५BL का GET राजकुमार श्रेष्ठ, अन्य अतिथिहरुमा जोन चियर पर्सन बसन्त गिरी, कल्बका द्वितिय उपाध्यक्ष विशाल पण्डित, तृतिय उपाध्यक्ष मनबहादुर रुचाल रहनुभएको थियो ।
कार्यक्रममा वडा सदस्य केशरी थापा मगर, विद्यालयका प्रधानाध्यापक झुलबहादुर थापा मगर, बिद्यालय व्यवस्थापन समितिकी अध्यक्ष सुनिता थापाले कल्ब र फाउन्डेसन लाई धन्यवाद प्रकट गर्दै आगामी दिनहरुमा थप सहयोगको अपेक्षा रहेको बताउनुभएको थियो। कार्यक्रम क्लबका सचिब सुदिप न्यौपानेले संचालन गर्नुभएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?