व्यास १० बैरेनीमा भेटियो कास्कीका भिम बहादुर सापकोटाको शब

  • ख-
  • ख+

तनहूँ । साउन १३ । कास्कीका भिम बहादुर सापकोटाको शब व्यास नगरपालिका वडा नंं १० बैरेनीमा भेटिएको छ । ८१ बर्षिय सापकोटाको शव मादी नदीमा भेटिएको हो । बैरेनीस्थित मादी नदी किनारमा तैरिरहेको अवस्थामा पुरुषको शव देखेपछि स्थानियले प्रहरीलाई खबर गरेका थिए ।
सापकोटा कास्कीको मादी गाउँपालिका तत्कालिन वडा नं. ४ हालको वडा नं. ५ भैसेका बासिन्दा रहेको र निजको सनाखत भईसकेको छ । घटना बारे अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय तनहूँले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्