तनहूँमा कृषि र पशुपंक्षी सम्बन्धि बार्षिक कार्यक्रम सार्वजनिक

  • ख-
  • ख+

१५ श्रावण । तनहूँ । कृषि ज्ञान केन्द्र तनहूँ, भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहूँ र व्यावसायिक किट विकास केन्द्र बन्दिपुरले आ.व. २०८०/८१ को वार्षिक कार्यक्रम सार्वजनिक गरेको छ ।

गण्डकी प्रदेश सरकारका माननीय कृषि तथा भूमि व्यवस्था मन्त्री महेन्द्रध्वज जि.सी.को प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको अध्यक्षता जि.स.स. तनहूँका प्रमुख शान्तिरमण वाग्लेले गर्नुभएको थियो । कार्यक्रममा संविधान सभाका सदस्य मा. रामचन्द्र पोखरेल, तनहूँ जिल्ला प्रदेश सभा निर्वाचन क्षेत्र नं १ (ख) का मा. सांसद तथा पूर्व मन्त्री हरि ब. चुमान, क्षेत्र नं. १ (क) का मा. सांसद अशोक कुमार श्रेष्ठ, गण्डकी प्रदेश सरकारका पूर्व मन्त्री मा. दोबाटे वि.क., व्यास नपा प्रमुख बैकुण्ठ न्यौपाने, भानु नपा प्रमुख आनन्दराज त्रिपाठी, शुक्लागण्डकी नपा प्रमुख कृष्णराज पण्डित, जि.स.स. तनहुँ उप प्रमुख वासुदेव थापा, म्याग्दे गा.पा.अध्यक्ष श्रीप्रसाद श्रेष्ठ, ऋषिङ गापा अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठ, घिरिङ गापा अध्यक्ष होम बहादर थापा, तनहूँ जिल्लाका प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल, गण्डकी प्रदेश कृषि विकास निर्देशनालयका महा-निर्देशक वासुदेव रेग्मी, देवघाट गापा उपाध्यक्ष भुवन सिं गुरूङ, जिल्ला स्थित सरकारी कार्यालयहरूका कार्यालय प्रमुखहरु, नेपाल पत्रकार महासंघ तनहूँका अध्यक्ष उज्ज्वल पौडेल सहितका पत्रकारहरु, कृषि र पशुपन्छी सम्बन्धी कार्यालय तथा पालिका शाखाहरूका कर्मचारीहरू, कृषि र पशुन्छी सम्बन्धी विभिन्न व्यावसायिक संघहरूका पदाधिकारीहरू, कृषकहरू, कृषक समूह सहकारीका प्रमुख तथा प्रतिनीधिहरू समेतको गरिमामय उपस्थिति रहेको थियो ।

कृषि ज्ञान केन्द्र तनहूँका लेखा अधिकृत विजय कुमार श्रेष्ठले सञ्चालन/सहजीकरण गर्नु भएको उक्त कार्यक्रममा उपस्थित व्यक्तित्वहरूलाई स्वागत गर्ने क्रममा बाली संरक्षण अधिकृत किरण परियारले स्वागत मन्तव्य राख्नुभएको थियो भने तीन वटै कार्यालयहरू कृषि ज्ञान केन्द्र तनहूँका प्रमुख कुल प्रसाद तिवारी, भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहूँका प्रमुख डा. बालकुमार श्रेष्ठ र व्यावसायिक किट विकास केन्द्र बन्दिपुरका प्रमुख भवनाथ देवकोटाले आ-आफ्नो कार्यपत्र प्रस्तुत गर्दै आ.व. २०८०/८१ को वार्षिक कार्यक्रम सार्वजनिक गर्नुभएको थियो ।

सार्वजनिक भएका कार्यक्रम र सो कार्यक्रमको कार्यान्वयनका सन्दर्भमा उपस्थित सहभागी व्यक्तित्वहरू तथा अतिथीहरुले आवश्यक सुझावहरू र आ-आफना धारणा, मन्तव्य व्यक्त गर्नु भएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्