साउन १७ । तनहूँ । भरुवा बन्दुकबाट गोली हानेर गरे तनहूँको व्यास नगरपालिका वडा नं. ५ मानहूँकोटका करिब ४२ बर्षिय श्रीप्रसाद आलेले श्रीमतीको हत्या गरेका छन् । आलेले १६ गते राति करिब ४० बर्षकी गिता आलेलाई हत्या गरेका हुन् । मानहूँकोटमा रहेको सार्वजनिक शौचालयमा सरसफाईको काम गर्ने आलेले नशाको सुरमा श्रीमतीको हत्या गरेको हुन सक्ने स्थानियको भनाई छ ।
हत्या पश्चात निज श्रीप्रसाद आलेलाई जिल्ला प्रहरी कार्यालय तनहूँको टोलीले पक्राउ गरिसकेको छ ।








