कोशीमा मिल्यो भागबन्डाको कुरा: सभामुखबाट राजीनामा दिएका बाबुराम आर्थिक मामिला मन्त्री

  • ख-
  • ख+

विराटनगर । पहिलो चरणमा बन्ने मन्त्री र मन्त्रालयको भागबन्डाबारे कोशी प्रदेशमा सत्तागठबन्धनबीचमा सहमति भएको छ । सहमतिसँगै बिहान साढे १० बजे रोकिएको शपथग्रहण कार्यक्रम आजै बेलुका ५ बजे हुने तय भएको छ ।

सत्ता गठबन्धनको बैठकपछि माओवादीलाई आर्थिक मामिला तथा योजना मन्त्रालय र नेकपा एसलाई भौतिक पूर्वाधार मन्त्रालय दिने सहमति भएको हो । गठबन्धनको बहुमत पुर्‍याउन सभामुखबाट राजीनामा दिएका बाबुराम गौतम आर्थिक मामिला तथा योजनामन्त्री हुने भएका छन् ।

उनको नेतृत्वमा सरकारमा जाने माओवादीमा सहमति भएको छ । सहमतिपछि आजै शपथग्रहण कार्यक्रम हुने भएको छ ।

एकिकृत समाजवादीका कमल प्रसाद जवेगु भौतिक पूर्वाधार मन्त्री हुने छन् । नेपाली कांग्रेसका प्रदीप सुनुवारलाई भने सामाजिक विकास मन्त्रालयको जिम्मा दिने तयारी भएको छ । थप मन्त्रीको नियुक्ति भने सरकारले विश्वासको मत लिएपछि मात्र गर्ने तयारी छ ।

प्रदेश प्रमुख पर्शुराम खापुङले संविधानको १६८ को उपधारा २ अनुसार कांग्रेस, माओवादी केन्द्र, नेकपा एस र जसपाको समर्थन पाएका थापालाई मंगलबार मुख्यमन्त्री नियुक्त गरेका थिए । नेपाल प्रेस

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्