कालीगण्डकीमा हाम्फालेका पुरुष बेपत्ता

  • ख-
  • ख+

स्याङ्जा र गुल्मी जोड्ने मोटरेवल पुलबाट ५८ वर्षीय टोलीपाल राना कालीगण्डकीमा हाम्फालेका छन् ।

मंगलबार साँझ हाम्फालेका टोलीपालको अवस्था अज्ञात रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । राना स्याङ्जाको कालीगण्डकी गाउँपालिका वडा नम्बर–२ कोटाकोटबेशीका स्थानीय हुन् ।

बेपत्ता टोलीपालको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका इन्स्पेक्टर पदमराज थापाले जानकारी दिए ।

रातोपाटी

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्