एकबिहानै नारायणीमा हाम फालेकी महिलाको मृत्यु

  • ख-
  • ख+

चितवन । चितवनको नारायणी पुलबाट नदीमा हाम फालेर एक महिलाको ज्यान गएको छ ।

आज बिहान करिब ७ः४० बजेको समयमा भरतपुर महानगरपालिका–३ स्थित नारायणी नदीमा हाम फालेकी महिलाको उपचारको क्रममा ज्यान गएको हो ।

उनलाई नदीमा हाम फालेको देखेपछि प्रहरीले अचेत अवस्थामा उद्धार गरेको थियो ।

अन्दाजी ४५ वर्षकी महिलाको उपचारको क्रममा चितवन मेडिकल कलेजमा बिहान साढे ८ बजे ज्यान गएको चितवनका प्रहरी प्रवक्ता डिएसपी विजयराज पण्डितले जानकारी दिए ।

उनको पहिचान भने अझै नखुलेको प्रहरीले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्