लमजुङको जुवाखालमा प्रहरी छापा- खेल्ने, खेलाउने र हेर्ने २२ जना हिरासतमा

  • ख-
  • ख+

लमजुङ । लमजुङ प्रहरीले जुवा खेल्ने, खेलाउने र हेर्ने गरी २२ जनालाई पक्राउ गरेको छ ।

बेँसीसहरबाट खटिएको प्रहरी टोलीले मर्स्याङ्दी गाउँपालिका-९ तल्लो पामचोकस्थित एक घरबाट जुवाडेलाई पक्राउ गरेको हो । उनीहरूको साथबाट करिब साढे ४ लाख रुपैयाँ र कौडा बरामद भएको प्रहरीले बताएको छ ।

पक्राउ पर्नेमा छिमेकी जिल्ला गोरखा र केही लमजुङका छन् । पक्राउ परेकाहरूको नाम प्रहरीले खुलाएको छैन ।

विशेष सुराकको आधारमा जुवाडे पक्रिन ३ वटा भ्यानमा प्रहरी परिचालित थिए । जुवाडेले प्रयोग गर्ने गरेको सेतो गाडीलाई प्रहरीले केही दिनयता पछ्याइरहेको थियो ।

लमजुङका डीएसपी प्रकाश श्रीमलले पक्राउ परेकाहरूलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको बताए । नेपाल प्रेस

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्