आदिकवि भानुभक्त क्याम्पसमा जलवायु परिर्वतन सम्बन्धी तालिम सुरु

  • ख-
  • ख+

साउन १९ । तनहूँ । तनहूँको व्यास नगरपालिका वडा नं १ मा रहेको आदीकवि भानुभक्त क्याम्पसमा नेपाल युवा रेडक्रस सर्कलको आयोजनामा जलवायु परिर्वतन सम्बन्धी तालिम सुरु भएको छ । तालिमको उद्घाटन गदै व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले जलबायू परिवर्तनले ल्याएको जटिलतालाई सबैले मनन गर्ने जनस्तरमा सचेतना बृद्धि गर्नु अनिवार्य रहेको बताउनुभयो । उहाँले युवाहरुले नै समाजमा सकरात्मक सन्देश फैलाउन मद्धत पुयाउने समेत बताउनुभयो ।

नेपाल रेडक्रस सोसाईटिका केन्द्रीय सदस्य एवं तनहूँ रेडक्रसका सभापति प्रा. डा. कृष्ण प्रसाद गौतमले जलवायु परिर्वतनले देखिएका रेडक्रसले युवाहरुलाई तालिम प्रदान गदै सचेतना फैलाएको बताउनुभयो । सर्कलकी अध्यक्ष सुनिता तिवारीको सभापतित्वमा सम्पन्न उक्त उद्घाटन समारोहमा क्याम्पस सञ्चालक समितिका अध्यक्ष बुद्धिमान श्रेष्ठ, तनहूँ रेडक्रसका उपाध्यक्ष नारायणी अधिकारी, मन्त्री सूर्य चन्द्र हड्खले, क्याम्पस सञ्चालक समितिका सदस्य मोहन गिरी, ऋषिराम ढुंगाना, क्याम्पस प्रमुख महाप्रसाद हड्खले, सहायक क्याम्पस प्रमुख डा. रामकुमार अधिकारी र सागर पौडेल, आईक्यूएसि संयोजक विश्वेश्वर तिमल्सेना, तनहूँ रेडक्रसका युवा सर्कल संयोजक विमल गिरी लगायतको उपस्थिति रहेको थियो ।
जलवायु परिवर्तनका चुनौति विषयमा केन्द्रित रहने सो गोष्ठीमा कक्षा ९ देखि कक्षा १२ सम्म अध्ययन गर्दै आएका ब्यासनगर भित्रका १४ क्याम्पस र विद्यालयका यु्वा र जुनियर रेडक्रस सर्कलहरुका ३४ जना प्रतिनिधि विद्यार्थीहरु को सहभागीता रहेको छ । तालिममा जलवायु परिवर्तन र संकटहरुको बारेमा सहभागीहरुलाई छलफलमा सहजीकरणको लागि राष्ट्रिय स्तरका ३ जना विज्ञहरु प्रशिक्षकको रूपमा रहेको सर्कलका सचिव सविन लामिछाने जानकारी दिनुभयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्