अर्काको श्रीमती भेट्न जाने डिएसपीलाई रंगेहात भेटिएपछि कुटपिट

  • ख-
  • ख+

महोत्तरी । चेन अफ कमाण्डमा चल्ने प्रहरी संगठनका कतिपय कर्मचारी पनि पटक–पटक महिलाकाण्डमा फस्दै आएका छन् । गत साता डिएसपी चन्द्रेश्वर यादवको काण्ड बाहिर आयो ।

जनकपुरस्थित गणमा कार्यरत उनी महोत्तरीको जलेश्वरस्थित एक महिलाको घरमा पुगेका थिए । ती महिलासँग उनको पुरानो सम्बन्ध थियो । महिलाका श्रीमान विदेशमा बस्ने भएकाले उनी बारम्बार त्यहाँ जाने गरेको खुल्यो ।

हालै श्रीमान नेपाल आएका थिए । घरमा डिएसपी यादवलाई श्रीमतीसँग भेटेपछि ती व्यक्तिले कुटेका हुन् । हारगुहार गरेर उनले ज्यान जोगाएका थिए । घटनामा उनको हड्डी नै टुटेको छ ।

काठमाडौंस्थित प्रहरी अस्पतालमा उनी उपचार गराउँदै आएका छन् । घटनाको विषयमा मधेस प्रदेश प्रहरी कार्यालयले एसपी महेन्द्र श्रेष्ठको नेतृत्वमा छानबिन समिति गठन गरी अनुसन्धान गरिरहेको छ ।

६ महिना जागिर बाँकी रहेका डिएसपी यादवलाई विभागीय कारबाहीले त असर नगर्ला तर यो घटनाले उनको मात्र होइन सिंगो प्रहरी संगठनकै छवि धुमिल भएको छ ।
(ईच्छाकामना न्युज, साउन १९ गते प्रकाशित)

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्