काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पिएचडीका लागि फेलोसिप पाएका छन्।

शनिबार सामाजिक सञ्जालमा लेख्दै काठमाडौं विश्वविद्यालयले उनलाई पिएचडीका लागि फेलोसिप दिएको जानकारी दिएका छन्।

उनले पर्यटन र अर्थतन्त्र प्रवर्द्धन गर्न नेवा: सम्पदा संरचनाको संरक्षण विषयमा पिएचडी गर्न लागेका हुन्।

उनले पठाएको प्रस्तावको समीक्षा गरेर काठमाडौं विश्वविद्यालयले उनलाई फेलोसिप दिएको हो।

फेलोसिप पाएसँगै मेयर शाहले विश्वविद्यालयलाई धन्यवाद दिएका छन्।