साउन २३ । तनहूँ । बर्षाको कारण तनहूँको सदरमुकाम दमौली बजारको मुख्य सडक क्षेत्र जलमग्न भएको छ । दमौली बजारको मुख्य चोक सफासडक चोक नजिकै पृथ्वी राजमार्गको सडक खण्डमा नालीको उचित व्यवस्थापन नहुदाँ उक्त क्षेत्र जलमग्न बनेको हो । बिशेष गरि तरकारी बजार र पृथ्वी राजमार्गको पानी जाने नालीको दशकौदेखि व्यवस्थापन नभएको कारण दमौलीमा परेको भारि बर्षाले उक्त स्थान जलमग्न भएको हो । पृथ्वी राजमार्ग र तरकारी बजारक्षेत्रमा पानी जम्ने, आवागमनमा अवरोध र पसलहरुमा क्षति पुर्याउन थाले पश्चात नगरपालिककी उपमेयर ईन्दिरा दरै समस्या समाधानको लागि फिल्डमा खट्नुभएको थियो । नगरपालिकाको जेसिवि र ट्याक्टरले जमेको पानी, लेदो हटाउने र ग्रावेल ल्याएर पुरिएको छ । अविरल बर्षाका कारण पानी जम्ने समस्या केहि समाधान भएपनि ढुक्क भईसक्ने अवस्था भने देखिएको छैन ।
‘‘बर्षौ भयो यो क्षेत्रमा नाली बिग्रेको नगरपालिकाको कहिल्यै आँखा लागेन, आज यति ठुलो पानी परेको बेलामा डोजरले काम गरेर के समस्या समाधान होला र ? ‘‘ उक्त क्षेत्रका एक व्यवसायीको भनाई रहेको छ साथै ”पृथ्वी राजमार्ग विस्तारको काम बजारक्षेत्रमा छिटो गरिदिए त नगरपालिकाले नबनाएको नालि बनाउथे होलान् अनि ढुक्कसग व्यापार गर्न पाईन्थ्यो कि ?” उहाँको भनाई रहेको छ ।
व्यास नगरपालिका वडा नं. २, ३ र ५ मा पर्ने पृथ्वी राजमार्गको भोृर्लेटारदेखि दुर्गामन्दिरसम्म सडकमा नालीको अवस्था कतै पुरिएको, कतै भत्केको भएको कारण उक्त क्षेत्रमा बर्षौदेखि ढलको तथा बर्षाको पानी निकासमा समस्या हुदै आईरहेको छ ।








