दमौली बजार लगायत व्यास नगरपालिकाभित्र पृथ्वी राजमार्ग सडक केन्द्रबिन्दुबाट दाँया वाँया २५ मिटर निर्माण हुने

  • ख-
  • ख+

तनहूँ । पृथ्वी राजमार्ग सडक खण्ड अन्तर्गत पर्ने दमौली बजार लगायत व्यास नगरपालिकाभित्रको सडक केन्द्रबिन्दुबाट दायाँ वायाँ २५ मिटर निर्माण हुने भएको छ । तनहूँकै अन्य बजारमा दायाँबाया २५ मिटर लागत कट्टा भएपनि स्थानिय सरकारको समन्वयमा २३ मिटर निर्माण हुन लागेपनि व्यास नगरपालिकाले दमौली बजार लगायत व्यास नगरपालिकाभित्रको पृथ्वी राजमार्गको सडककोलागत कट्टा भईसकेकोले सडक केन्द्रबिन्दुबाट २५ / २५ मिटर निर्माण हुने बताएको छ ।
त्यसको लागि व्यास नगरपालिकामा बसेको साउन २३ को नियमित बैठकले एक प्रेस विज्ञप्ति जारि गर्दै काठमाण्डौ पोखरा अन्तर्गत पृथ्वी राजमार्गको आँबुखैरेनी पोखरा सडकक्षेत्रको व्यास नगरपालिकाभित्रको सडक केन्द्रबिन्दुबाट दायाँबायाँ २५ मिटर सडकक्षेत्र भई लागत कट्टा भईसकेकोले सो सडकक्षेत्रका संरचनाहरु हटाई सडक निर्माण कार्यमा सहयोग पुर्याउनुहुन सम्बन्धित जग्गाधनीहरुलाई अनुरोध गर्ने निर्णय गरिन्छ भनिएको छ ।
व्यास नगरपालिको यो विज्ञप्तिसगै दमौली बजार लगायत व्यास नगरपालिकाभित्र पृथ्वी राजमार्ग सडक केन्दबिन्दु्रबाट दाँया वाँया २५ मिटर निर्माण हुने पक्कापक्कि भएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्