तनहूँ । व्यास नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत गंगालाल सुवेदी सरुवा हुने मुडमा रहेको बुझिएको छ । नगरपालिकाको विश्वस्त श्रोतका अनुसार अघिल्ला प्रमुख प्रशासकिय अधिकृत हरिराम नागिलालाई अप्रत्याशित रुपमा व्यासबाट बिदाई हुन बाध्य पारेपछि केहि महिना अगाडि आउनुभएका सुवेदी पनि व्यासबाट चाडै नै विदाई हुन पाए हुन्थ्यो भन्ने ध्याउन्नमा भएको श्रोतले जनाएको छ । प्रमुख प्रशासकिय अधिकृत सुवेदीले आर्थिक बर्ष २०७९।०८० को हिसाव किताब मिलान र आर्थिक बर्ष २०८०।०८१ को बजेट पेश गरेपछि नगर प्रमुखका सामु ”सर आर्थिक बर्षको काम सकिदिए अब हजुरलाई अनुकुल हुने हाकिम ल्याउनु होला मलाई विदा दिनुभएपनि हुने ! ” भनेपछि प्रमुख प्रशासकिय अधिकृत सुवेदी सरुवा हुन चाहेको विश्वस्त श्रोतको भनाई छ । त्यसो त सरल बानी व्यहोरा हुनुभएका, कसैलाई हुन्न भन्नै नसक्ने र कडा रुपमा प्रस्तुत हुन नसक्ने प्रमुख प्रशासकिय अधिकृत सुवेदी यसभन्दा अगाडि रहेका धेरै पालिकाहरुमा पनि मुद्धा मामिलामा फसेको कारणले पनि व्यास नगरपालिकाबाट चाडै नै विदाई हुन चाहेको बुझिएको छ । प्रमुख प्रशासकिय अधिकृत सुवेदी व्यासमा बस्न अनिच्छुक भएको कुरा त व्यासमा आएको शुरुका दिनमा नै ”यति सम्म बेथिति होला भन्ने त सोचेकै थिईन !” भन्ने भनाई व्यक्त गरेकोबाट नै प्रष्ट भएको छ ।
यसै बिषयमा प्रतिक्रिया लिन प्रमुख प्रशासकिय अधिकृत सुवदीलाई उहाँको मोवाईलमा सम्पर्क गर्दा उहाँले फोन रिसिभ गर्नुभएन भने, उहाँलाई कार्यालयमा भेट्न जाँदा व्यस्तताका कारण समय पाउन सकिएन । (मिति २०८० भाद्र २५ गते फोन गरेको समय दिउसो १२ः ३९ बजे , कार्यलयमा कुरेको समय १२ः ३० देखि १ः३० बजे उक्त समयमा उहाँ खाना खान गएको बताईएको थियो र १ः ३० बजे उहाँको आगमन पश्चात २ः१० बजेसम्म प्रतिक्षा गर्दा उहाँको व्यस्तताको कारणले समय पाउन सकिएन ।)
यसै बिषयमा नगरपालिकाका कर्मचारीहरुसग प्रतिक्रिया लिदाँ नाम नबताउने सर्तमा एकजना ”नागिलासर हुदाँ यस्तो आर्थिक अवस्था डामाडोल भएको बेला नयाँ व्यापारिक भवन बनाउने काम अगाडि बढ्ने, कर्मचारीहरुको सेवा सुविधा बढाउने काम अगाडि नबढ्न सक्थ्यो सुवेदी सर सजिलो मान्छे ”ल त नि ल” भनेर सहि गरिदिनुहुन्छ त्यसैले उहाँलाई पनि फिल भयो होला व्यासमा झन् झन् गारो हुन सक्छ त्यसैले बेलैमा सरुवा हुन पाए ढुक्क भन्ने सोच्नुभएको होला ! ” कर्मचारी बताउनुहुन्छ साथै ”नागिला सरबाट नहुने काम अब कार्यविधि बनाएर कर्मचारीहरुको सेवा सुविधा बढिहाल्यो अब त सुवेदी सर बसे पनि के नबसे पनि के ?” हाँ हाँ भन्दै हाँस्दै उहाँले बताउनुभएको छ ।
त्यसो त प्रमुख प्रशासकिय अधिकृत गंगालाल सुवेदी आएपश्चात पनि नगरपालिकामा जनमुखी कामहरु हुन नसक्दा नगरवासीहरु सन्तुष्ट हुन सकेका छैनन् ।

”फोहोर मैलाको दिर्घकालिन व्यवस्थापनमा ध्यान नदिईकन अहिले साट्टसुट्ट जग्गा किनिहालौ पछि जे त होला होला भन्ने मनसायले अगाडि बढ्नु , नगरपालिकाभित्र हुनुपर्ने स साना कामहरु फच्चे गर्नभन्दा पनि आफुसहित अन्यको सेवा सुविधा बढाउन तिर ध्यान दिनु , पहिला नै बनिरहेको बहुउद्धेश्यिय भवनलाई पुरा भाडामा लगाएर संचालनमा ल्याउनु भन्दा पनि ऋण लिएर अर्को व्यवसायिक भवन बनाउन सारै नै आतुरी गर्नु नयाँ बहुउद्धेश्यिय भवन बनाउन नपाए आकाशै खस्छ झै गरेर लाग्नु , व्यास १० दुम्सिमा कोरोनाकालमा निर्माण गर्न लागिएको अस्पताललाई पुर्णरुपमा वेवस्ता गर्नु लगायतका कारणहरुले पनि जसरी पनि चल्दो रहेछ भन्ने भान भएको” नाम नबताउने सर्तमा एक राजनीतिक पार्टीका प्रतिनिधिको प्रतिक्रिया रहेको छ । ”व्यास नगरवासीलाई जुन हाकिम आएपनि के हुदोरहेछ र ? बाटो झनै बिग्रेको छ , नालि झनै भत्केको छ , अस्पताल जानुपरे काठमाण्डौ पोखरा नै दौडनुपर्छ बस् त्यति हो जनताले तिर्ने ट्याक्स बढेको छ” एक राजनीतिक पार्टीका प्रतिनिधिको प्रतिक्रिया रहेको छ ।

अन्तिम पटक अध्यावधिक गरिएको 1341 Viewed

प्रतिक्रिया दिनुहोस्