दमौली संगम क्लबद्धारा ४ वटा बृद्वआश्रमलाई खाद्यान्न सहयोग

  • ख-
  • ख+

३ कार्तिक । तनहूँ । दमौली संगम क्लबद्धारा तनहूँका विभिन्न बृद्धाआश्रमलाई खाद्यान्न सहयोग गरेको छ । भजन संकृतन समुह ब्यास ५ चापाघाट लाई खाद्यान्नहरुमा दिएर सहयोग गरेको थियो । बडा दशैं तिहार लगायतका चाडपर्वहरुको अबसरमा संगम क्लबले बृद्धाश्रमहरुमा खाद्यान्न सहयोग गरेको उक्त अवसरमा बताईएको थियो ।
क्बलले राष्ट्रिय परोपकार महासंघ जेष्ठ नागरिक चौतारी बृद्वाश्रम परासर क्षेत्र ब्यास ५ , भजन संकृतन समुह ब्यास ५ चापाघाट, जेष्ठ नागरिक सेवा केन्द्र शुक्ला गण्डकी झरौटा र मुक्तिनाथ चेवानघाम शुक्लागण्डकीमा खाद्यान्नहरुमा चामल, चना, आलु, नुन , वेसार, तेल, चिनि चियापति, ध्यु, भुजा, दाल, बिस्कुट, सुजि, आटा लगाएतका विभिन्न खाद्यान्न सामग्रीहरु हूतान्तरण गरिएको थियो ।
ब्यास ५ का बृद्धाश्रममा खाद्यान्न हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथि व्यास ५ का अध्यक्ष बिष्णुकुमार श्रेष्ठ हिमालले दमौलीको संगम क्लबले जेष्ठ नागरिकलाई सम्मान गर्नुका साथै जेष्ठ नागरिकहरुको लागि खाद्यान्न सहयोग गर्नु भएकोमा संगम क्लब परिवारलाई धन्यवाद समेत व्यत्तः र्नु भएको थियो ।

चाडपर्वको समयमा खाद्यान्न हस्तान्तरण गर्न पाँउदा र जेष्ठ नागरिकहरुको मुहार खुशी देख्दा आफुहरुलाई सामाजिक कार्यमा लाग्न अझै प्रेरणा मिलेको दमौली संगम क्लबका अध्यक्ष नरेन्द्र वाग्लेले बताउनुभएको थियो । साथै आँउदा दिनहरुमा पनि संस्थागत र व्यक्तिगत तवरबाट सहयोग गर्ने प्रतिवद्वता समेत व्यक्त गर्नुभएको थियो ।
क्बलका संरक्षक मेखबहादुर गुरुगं, क्लबकी सचिव गिता हमाल, होटल व्यवसायी तुलसीराम पाण्डे लगायतका महाुभावहरुको उपस्थिति रहेको कार्यक्रममा जेष्ठ नागरिकहरुलाई तामाको अङखरा, अविर र खाँदाले सम्मान गरिएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्