२ माघ । तनहुँ । लामो समयदेखि फोहोर मैलाको डम्पिगं साईडको व्यवस्थापन नगरेको व्यास नगरपालिकाले अर्को व्यवस्था नहुदाँसम्म नकुहिने फोहोर नउठाउने भएको छ । व्यास नगरपालिकाद्धारा आज एक विज्ञप्ति जारी गर्दै व्यास नगरपालिका फोहोरमैला व्यवस्थापन गर्ने कार्यमा निरन्तर लागि परेको छ । विगत ३०,३२ वर्ष सम्म भएको स्थायी समाधानका लागि विभिन्न विकल्पमा कार्य भइरहे पनि समाधान हुन सकेको छैन । कुहिने फोहोर र नकुहिने फोहोर घर घरबाट छुट्टयाउने कार्य भएता पनि नहुकिने फोहोरमा कुहिने फोहोर अझै मिसिएको अवस्था छ, जस्ले गर्दा नकुहिने फोहोर विसर्जन गर्ने स्थानमा दुर्गन्धहरु आएर स्थानीयको गुनासो आइरहेको छ । तसर्थ सम्पुर्ण नगरवासीमा कुहिने फोहोरलाई अलग गरिदिनुहुन र कुहिने फोहोर संकलन गर्न एकदिन बिराई नियमित गाडि आउने व्यहोरा अनुरोध छ । नकुहिने फोहोर संकलन कार्य अर्को व्यवस्था नहुदाँसम्म मिति २०८०माघ ३ गतेदेखि विशेष कारणबस उठाउन नसकिने हुदाँ नकुहिने फोहोरको केहि दिन स्वंयमले घरमै सुरक्षित राख्नुहुन अनुरोध छ भनिएको छ ।








