राष्ट्रपतिको रामचन्द्र पौडेलको जिल्लामा पुन:स्थापित गरियो राजा महेन्द्रको शालिक

सर्वज्योति
  • ख-
  • ख+

३ माघ । तनहुँ । गणतन्त्र नेपालका राष्ट्रपति रामचन्द्र पौडेलको जिल्ला तनहुँमा राजा महेन्द्रको शालिक पुनस्थापित गरिएको छ । तनहुँ दमौलीको सदरमुकाम दमौली बजारको प्रशासन चोकमा राजा महेन्द्रको शालिक पुन:स्थापित राखिएको छ । बिहान करिब ४ बजेको समयमा उक्त स्थानमा शालिक राखिएको स्थानियहरुले देखेका थिए ।
व्यास नगरपालका वडा नं. ३ प्रशासन चोकमा रहेको राजा महेन्द्रको शालिक २०६२/६३को जनआन्दोलनका क्रममा तोडफोड गरिएको थियो । पृथ्वी जयन्तीको दिन उक्त स्थानमा पुनः राजा महेन्द्रको शालिक राख्न राप्रपा तनहुँले कोशिस गरेपनि प्रहरी प्रशासनको कडा सुरक्षाका कारण योजना विफल भएको थियो ।

२०६२।६३को जनआन्दोलनका क्रममा तोडफोड गरेर शिर छेदन गरिएको राजा महेन्द्रको शालिक १७, १८ बर्षसम्म भग्नावशेषको रुपमा थियो । शालिक वरपरको जग्गा जिल्ला समन्वय समिति तनहुँले भाडामा लगाएको छ ।
तस्विरः सामाजिक संजाल

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?