तनहुँ । मिनि ट्रक पल्टिदा तनहुँमा २ जनाको मृत्यु भएको छ । ७ गते करिब ८ बजेको समयमा तनहुँको देबघाट गाउँपालिका वडा नं. २ कोटबैदी भोक्टेनी स्थित भित्री सडकखण्डमा दमौलीबाट छिपछिपे तर्फ जादै गरेको ग १ ख ४१८१ नं. को मिनि ट्रक पल्टदा २ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ ।
ट्रक सडक देखी करिब ५०० मिटर तल खस्न गई दुर्घटना हुँदा उक्त मिनि ट्रकमा सवार चालक सहित ३ जना मध्ये २ जना घाईतेहरू जिल्ला तनहुँ देबघाट गाउँपालिका वडा नं. ३ दगारा बस्ने ६५ बर्षिय नर बहादुरगुरुङ ४५ बर्षिय बिमाया गुरुङलाई तत्काल उद्धार गरी उपचारको लागी दमौली अस्पतालमा पठाईएकोमा चिकित्सकले दुवै जनालाई मृत घोषणा गरेको पनि जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ ।
ट्रक चालक सम्पर्कमा नरहेकोले खोजतलास कार्य जारी रहेको र घटना सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको पनि जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ ।








