अग्रपंक्तिमा खटिने व्यवसायीहरुलाई भ्याक्सीन प्राप्त गर्न प्राथमिकतामा राखिनुपर्छः चेम्बर

  • ख-
  • ख+

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले ६९ औं अन्तरास्ट्रियभन्सार दिवसको अवसरमा एक कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रम अर्थमन्त्री बिष्णु प्रसाद पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रमको उद्धघाटन गर्दै मन्त्री पौडेलले आर्थिक गतिबिधि अत्यधिक रुपमा बढाइनुपर्ने, ब्यापार सहजीकरण सहज ढंगले गरिनुपर्ने तथा उपभोक्ताहरुको संरक्षण हुनुपर्नेमा सरकारको ध्यान केन्द्रित भैरहेको उल्लेख गर्दै यी बिषयमा सुदृढिकरण हुने बित्तिकै राजस्व संकलन स्वतः हुने बताउनुभयो साथै मन्त्री पौडेलले भन्सार सेवालाई प्रभावकारी तथा सेवामुखी बनाउन प्रबिधि मैत्री बनाइएको उल्लेख गर्दै प्रणालीलाई समायनुकुल बनाउन सरकार प्रयत्नरत रहेको र यसमा निजी क्षेत्रको पनि उतिनै योगदान हुनुपर्नेमा जोड दिनुभयो । ‘निजी क्षेत्रले राज्यलाइ दिएको योगदानलाइ कदर गर्दछु र कोभिड भ्याक्सीनको सहज उपलब्धताको लागि अर्थ मन्त्रालय सदैव सकारात्मक रहेको छ’ अर्थमन्त्री पौडेलले सरकारको तर्फबाट जानकारी दिदै भन्नुभयो ।

त्यसैगरि, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठले अहिले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड १९ बाट विश्व अर्थतन्त्रमा गम्भीर असर परेको उल्लेख गर्दै नेपाल जस्तो अति कम विकसित र आत्मनिर्भर हुन नसकेको मुलुकमा यसबाट उत्पन्न चुनौतीसँग सामना गर्न व्यवसायी तथा उद्योगीहरुलाइ झनै कठिन रहेको अवस्था बोध गराउनुभयो । अध्यक्ष श्रेष्ठले मुलुकको अर्थतन्त्रमा निजी क्षेत्रको अहम भूमिका रहने र निजी क्षेत्रको दीगो विकासले नै आर्थिक विकास तथा रोजगारी अभिवृद्धिलाइ टेवा दिने धारणा राख्नुभयो । निजी क्षेत्रको मनोवल उच्च बनाउन आवश्यक भएको पनि उनले स्पस्ट पार्नुभयो । चेम्बर अध्यक्ष श्रेष्ठले आयात– निर्यातको प्रभावकारिताको लागि कारोबार मूल्यलाई मान्यता दिनुपर्नेमा जोड दिदै यसबाट राजश्वमा प्रतिकुल प्रभाव नपर्ने र राजश्वमा पनि थप योगदान हुने औंल्याउनुभयो । ‘भंसारमा जति सहज वातावरण हुन्छ, त्यति नै बढि देशको आर्थिक गतिबिधि पनि सहज हुने भएकोले भंसारलाई प्रबिधी तथा उच्च पूर्वाधारयुक्त बनाउनुपर्छ’ वहाँले चेम्बरको तर्फबाट धारणा राख्दै भन्नुभयो ।

सो अवसरमा अध्यक्ष श्रेष्ठले अग्रपंक्तिमा खटिएका निजी क्षेत्रका व्यवसायीहरुलाई कोभिड भ्याक्सीन प्राप्त गर्न प्राथमिकतामा राखिनुपर्ने पनि बताउनुभयो ।

अर्थ मन्त्रालयका सचिव शिशिर ढुंगानाले कोभिडको महामारीको बीचमा राजश्व असुलीमा उल्लेखनीय योगदान पुर्याएकोमा समग्र निजी क्षेत्रलाइ धन्यवाद व्यक्त गर्दै अहिले मुलुकको समग्र अर्थतन्त्र सकारात्मक दिशा तर्फ उन्मुख रहेको जनाउनुभयो । अर्थतन्त्रलाइ चलायमान बनाउन राज्य सदैव तत्पर रहेको पनि वहाँले स्पस्ट पार्नुभयो । राज्यको वास्तबिक योगदानकर्ता निजी क्षेत्रनै रहेको र केही भन्सार वृद्धिलाइ नकारात्मक रुपमा नलिइ दिन अनुरोध गदै अर्थतन्त्रलाई चलायमान बनाउदै रोजगारी वृद्धि गर्न वढाइएको जानकारी दिनुभयो ।

सो अवसरमा भंसार बिभागका महानिर्देशक सुमन दाहालले चेम्वरबाट गरिएको सम्मान प्रति आभार व्यक्त गदै यसले अझै बढी जवाफदेहिता बढाएको बताउनुभयो । भन्सार प्रशासनलाई चुस्त तथा जिम्मेवारीयुक्त बनाउन अपनाइएको कृयाकलाप बारे चर्चा गर्दै निजी क्षेत्रलाई बिश्वासमा लिएर सुधारका कार्यक्रमहरु अगाडी बढाउदै लिएर जाने पनि महानिर्देशक दाहालले बताए । सरकारी निकाय तथा सरकारी र निजी संस्था बिचको समन्वयले मात्रै नेपालको भंसारलाई अन्तर्राष्ट्रिय स्तरको बनाउन सकिने धारणा वहाँको थियो । सो अवसरमा विभागका महानिर्देंशक सुमन दाहाललाइ भंसार प्रशासनलाइ पारदर्शी तथा जवाफदेही बनाइ सेवालाई प्रभावकारी बनाउन पुर्याएको योगदान स्वरुप सम्मान गरिएको थियो । कार्यक्रममा चेम्बरका वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्ल, उपाध्यक्षद्व्य कमलेश अग्रवाल र दिपक मल्होत्राको उपस्थिति रहेको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?