सत्यवती मा.वि. को चेक जाँच नगरेको उत्तर पुस्तिका सडकमा भेटियोः खबर गर्दा पनि सम्पर्कमा आएनन्

सर्वज्योति
  • ख-
  • ख+

१४ माघ । तनहुँ । तनहुँ दमौलीको सत्यवती मा.वि.को परिक्षाको चेक जाँच नगरेको उत्तर पुस्तिका सडकमा  भेटिएपछि खबर गर्दा पनि कोहि सम्पर्कमा आएका छैनन् । । नेपालकै नमुना विद्यालय मध्येको एक विद्यालय सत्यवती माध्यमिक विद्यालयको कक्षा ११ को दोस्रो त्रैमासिक परिक्षाको चेक जाँच नगरेको उत्तर पुस्तिका दमौली बजारको पुरानो राष्टिय  बाणिज्य बैक नजिकै सडकमा भेटि बिष्णु बहादुर कुमाल र बम बहादुर घर्तिले ब्यास नगरपालिका शिक्षा शाखा प्रमुख नविन पराजुलीलाई बुझाएका थिए । ।

ब्यास नगरपालिका शिक्षा शाखा प्रमुख पराजुलीले विद्यालयकी प्रधानाध्यापक पुष्पकला भट्टराईलाई फोन सम्पर्क गरि जानकारी गराएको र हालसम्म कोहि पनि सम्पर्क नआएको बताउनु भएको छ । यसै बिषयमा सम्पर्क गर्दा प्रधानाध्यापक भट्टराईको मोवाईल स्विच रहेको पार्ईएको थियो ।

* राष्ट्रिय वाणिज्य बैक -सच्याईएको

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?