मोटरसाईकल दुर्घटनामा आँबुखैरेनी ३ का सफल थापा मगरको मृत्यु

सर्वज्योति
  • ख-
  • ख+

तनहुँ । माघ १४ गते राति करिब ८ः ५० को समयमा मोटरसाईकल दुर्घटना हुदाँ आँबुखैरेनी गाउँपालिका वडा नं. ३ का सफल थापा मगरको मृत्यु भएको छ । आँबुखैरेनी गाउँपालिका वडा नं. २ ढापटार स्थित पृथ्वीराजमार्ग सडक खण्डमा आँबुखैरेनीबाट डुम्रे तर्फ आउँदै गरेको ग १ क ५०१२ नं.को मिनि ट्रक र सोही दिशा तर्फ आउँदै गरेको प्र.३-०२-००९ प ८५३० नं.को मोटरसाईकल ठक्कर खाई दुर्घटना हुदाँ घाईते राना मगरको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक मोहन बहादुर खाणले जानकारी दिनुभएको छ ।

दुर्घटना पश्चात घाईते राना मगरलाई उपचारको लागी आबुखैरेनी अस्पताल आँबुखैरेनी तनहुँ पठाएकोमा थप उपचारको लागी पुरानो मेडिकल कलेज भरतपुर चितवन लगेकोमा राति १० बजेको समयमा चिकित्सकले मृत घोषणा गरेको र मिनी ट्रक र मिनी ट्रक चालक ईलाका प्रहरी कार्यालय आबुखैरेनी तनहुँको नियन्त्रणमा रहेको,उक्त घटना सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको पनि जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक खाणले जानकारी दिनुभएको छ ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?