टिपरले मोटरसाइकललाई ठक्कर दिँदा श्रीमानको मृत्यु, श्रीमती घाइते

सर्वज्योति
  • ख-
  • ख+

हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१७ गैरीगाउँमा टिपरको ठक्करबाट एकजनाको मृत्यु भएको छ ।

सालक पार्कबाट चौघडातर्फ आइरहेको ना २६ प ४४२५ नम्बरको मोटरसाइकललाई चौघडाबाट गइरहेको मधेश प्रदेश ०३-००१ ख ७९०३ नम्बरको टिपरले ठक्कर दिंदा मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको हो ।

मृत्यु हुनेमा हेटौंडा-१६ जुरेथुम बस्ने हरि पनेरु रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा पनेरुकी पत्नी अर्चना घाइते भएकी छन् । उनलाई उपचारका लागि हेटौंडा ल्याइएको प्रहरीले जनाएको छ ।
साभारः नेपाल प्रेस

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?