काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले मानव अधिकार उल्लंघन गर्नेहरूको नामावली सार्वजनिक गरेको छ । आर्थिक वर्ष २०७९/८० र चालू आवमा गरिएका कामकारबाहीको संक्षिप्त जानकारी गराउँदै आयोगले उनीहरूको नाम सार्वजनिक गरेको हो ।
६६ जनाको नाम सिफारिस गरिएकोमा ६ जनाको हकमा भने कारबाहीको जानकारी प्राप्त भएकाले ६० जनाको नाम सार्वजनिक गरिएको आयोगले जनाएको छ ।
आयोगद्वारा सार्वजनिक मानव अधिकार उल्लंघनका दोषीमा नेपाल प्रहरीतर्फ जवानदेखि एसपीसम्म ३२ जना छन् । त्यस्तै सशस्त्र प्रहरी बलतर्फ एकजना, सेनातर्फ ४ जनालाई दोषी ठहर गरेको छ । निजामती कर्मचारीतर्फ नासुदेखि सीडीओसम्मको नाम छ । तत्कालीन नेकपा माओवादीतर्फका १० जनाको नाम पनि आयोगले सार्वजनिक गरेको छ ।
गत साउनदेखि पुससम्म १२ जनालाई कारबाहीका लागि सिफारिस गरिएको आयोगले जनाएको छ । प्रवक्ता डा. टीकाराम पोखरेलका अनुसार आयोगको सिफारिस कार्यान्वयनमा सरकार उदासीन देखिएको छ ।
हेर्नुस् मानव अधिकार उल्लंघनमा कारबाहीको सिफारिसमा परेकाहरूको नामावली
नेपाल प्रहरी
१. प्रउ योगेश्वर रोमखामी
२. प्रउ रामकुमार खनाल
३. प्रउ नारायणकुमार आचार्य
४. प्रउ उमाप्रसाद चर्तुवेदी
५. प्रनाउ कामाख्या नारायण सिंह
६. प्रनाउ नारायणप्रसाद चिमोरिया
७. प्रनाउ टेकुनन्द इवा लिम्बु
८. प्रनाउ हनुमान शाह
९. प्रनि गोविन्दप्रसाद साह
१०. प्रनि महेन्द्र दर्नाल
११. प्रनि दीपेन्द्र श्रेष्ठ
१२. प्रनि दुर्गालाल चौधरी
१३. प्रनि कमलप्रसाद गिरी
१४. प्रसनि नवराज दाहाल
१५. प्रसनि ऋषि खनाल
१६. प्रसनि राजनप्रसाद नेपाल
१७. प्रसनि खड्गबहादुर कार्की
१८.प्रसनि दिनेश अधिकारी
१९. प्रसनि महाविर राज धावे
२०. प्रसनि बासुदेव चौधरी
२१. प्रनानि रामकुमार यादव
२२. प्रनानि श्याम राउत
२३. प्रनानि धर्मेन्द्र कुमार सिंह
२४. प्रनानि चक्र बस्नेत
२५. प्रह भुवनसिंह कार्की
२६. प्रह युवराज बस्नेत
२७. प्रह हर्कबहादुर थापा
२८. प्रह केदार अधिकारी
२९. प्रह दलबहादुर कार्की
३०. प्रज विनोद ठाकुर,
३१. प्रज टार्जन गुरुङ
३२. प्रज निलम संग्रौला
सशस्त्र प्रहरी बल
१. सप्रउ प्रकाश ओझा ।
नेपाली सेना
१. सेनानी कृष्णमुरारी न्यौपाने ९गुल्मपति०
२. सेनानी सुरत रावल ९युद्धकार्य अधिकृत०
३. सहसेनानी चक्रबहादुर कार्की
४. क्याप्टेन दिनेश थापा ।
राष्ट्रिय अनुसन्धान
१. निरीक्षक लिलाधर पौडेल ।
निजामति कर्मचारीहरूः
१. प्रजिअ माधवप्रसाद ओझा
२. प्रजिअ शालीग्राम शर्मा पौड्याल
३. प्रजिअ दीपककुमार पहाडी
४. प्रजिअ सरोजप्रसाद गुरागाई
५. प्रजिअ रमा आचार्य
६. प्रजिअ शिवप्रसाद नेपाल
७. सप्रजिअ पुरुषोत्तम अधिकारी
८. कारागार विभागका विभागीय प्रमुख द्रोण पोखरेल,
९. बाँके कारागार प्रमुख देवेन्द्रप्रसाद श्रेष्ठ
१०. रोल्पा कारागार प्रमुख कमला घिमिरे
११. निमित्त कारागार प्रमुख यामलाल ओली
१२. नासु दिपेन्द्रप्रसाद पौडेल ।
तत्कालीन नेकपा (माओवादी) हरूः
१. खण्टे कामी,
२. श्रवणकुमार यादव,
३. रामअवतार महतो
४. राम विलास यादव,
५. हृदय यादव,
६. प्रभु साह
७. एस.पी. किराँती
८. हरिप्रसाद दाहाल
९. अर्चन भन्ने मनप्रसाद गौतम
१०. नन्कु बेहना ।








