हाईवे बिस्तारका लागि दमौली बजारका क्षेत्रका घर १५ दिन भित्र भत्कने व्यासका प्रमुख बैकुण्ठ न्यौपानेको भनाई

सर्वज्योति
  • ख-
  • ख+

१७ माघ । तनहुँ । पृथ्वी राजमार्ग अन्तर्गत दमौली बजारक्षेत्रका घरहरु १५ दिन भित्र भत्कने व्यासका प्रमुख बैकुण्ठ न्यौपानेको बताउनुभएको छ । सडक  विस्तारको क्रममा रहेको पृथ्वी राजमार्ग अन्तर्गत दमौली बजारका घरहरु भत्काउनु पर्ने भएको र उक्त घरहरु १५ दिने भित्र भत्किने उहाँले बताउनुभएको छ । दमौलीमा फुटपाथ व्यापारीहरुले नगरपालिकाले हाईवेका छेउछाउमा व्यापार गर्न नदिएको गुनासो गर्दै व्यास नगरपालिकाको गेटमा नारा जुलुस गरिरहदा नगर प्रमुख न्यौपाने उपस्थित भई पृथ्वी राजमार्ग बिस्तार गर्न घरहरु भत्काउनुपर्ने भएकोले हाईवेमा व्यापार गर्ने जिद्धी नगर्न आग्रह गर्दै उक्त भनाई व्यक्त गर्नुभएको हो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?