रवि लामिछानेको विकल्प आफुहरुले नखोजेको र नसोचेको रास्वपा उपसभापती डा. स्वर्णिम वाग्लेको भनाई

सर्वज्योति
  • ख-
  • ख+

(एक कार्यक्रममा रास्वपाका सभापती रवि लामिछाने र उपसभापती डा. स्वर्णिम वाग्ले)

२० माघ । तनहुँ । राष्ट्रिय स्वतन्त्र पार्टी उपसभापती एवं तनहुँ क्षेत्र नं. १ का सांसद डा. स्वर्णिम वाग्लेले ”रवि लामिछानेको विकल्प रास्वपाले नखोजेको र आफुहरु कसैले पनि रवि लामिछानेको विस्थापन गर्ने नसोचेको” बताउनुभएको छ । तनहुँको दमौली राष्ट्रिय स्वतन्त्र पाटीको व्यास नगर भेलालाई उद्घाटन गर्दै डा. वाग्लेले उक्त कुरा बताउनुभएको हो । उहाँले ”मेरा पार्टी सभापती र म बिच फाटो ल्याउनको लागि सक्रिय रहेकाहरुले अनेक थरि  हल्ला सुनेर पार्टी सभापती र आफु हाँस्ने गरेको” पनि बताउनुभएको थियो । त्यसै प्रसंगमा डा. वाग्लेले ”सभापती लामिछाने दुई कार्यकाल वा पार्टीको आवश्यकता अनुसार पदमा हने बताउदै आफुलाई तनहुँ १ मा निर्वाचन जितेर गएपछि सभापती लामिछानेले पार्टी उपसभापती हुनुपर्यो है भन्दा आफुले आत्तिनुपर्दैन समय र पार्टीको माग भयो भने बनौला नि भनेको र पार्टीको जलेश्वर बैठकमा पार्टीले उपसभापती घोषण गर्नभन्दा केहि समय अगाडी मात्र आफुले थाहा पाएको” बताउनुभएको थियो साथै उहाँले ”आफु देशको लागि काम गर्न आएकोले पदको लोभी नभएको” बताउनुभएको थियो ।
स्वपाका केन्द्रीय उपसभापती तथा तनहुँ क्षेत्र नं. १ का सांसद डा. स्वर्णिम वाग्लेको प्रमुख आतिथ्यता भएको उक्त नगरसभामा केन्द्रीय सहमहामन्त्री कविन्द्र बुर्लाकोटी, गण्डकी प्रदेशका सभापती एवं केन्द्रीय सदस्य राजन गौतम, रास्वपाका उर्जा विभाग प्रमुख ईन्जिनियर श्रीराम न्यौपाने, गण्डकी प्रदेश सदस्य एवं तनहूुँका नेता विश्व बास्तोला र डा. शेषरमण न्यौपाने लगायतले आफ्नो धारणा व्यक्त गर्दै पार्टी कार्यकर्ता तथा नेताले देश र जनताको लागि काम गर्नुपर्ने बताउर्नुभएको थियो ।
रास्वपा तनहुँ जिल्ला संयोजक विकास सिग्देलको सभापतीत्वमा भएको कार्यक्रम जिल्ला उप संयोजक सूर्यमणी पौडेलले संचालन गर्नुभएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?