सरकारले महानगरलाई धरहराको निःशुल्क पार्किङ बन्द गर्न पत्र पठाएपछि बालेन आक्रोशित

सर्वज्योति
  • ख-
  • ख+

काठमाडौं । काठमाडौं महानगरपालिकाले निर्माण सम्पन्न भई नसकेको धरहरामा सवारीसाधन पार्किङ खुलाएपछि विवाद बढेको छ । शहरी विकास मन्त्रालय र काठमाडौं महानगरपालिका टकराबमा उत्रिएका छन् । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले उद्घाटन गरेको २ वर्ष ९ महिनापछि पनि धरहराको निर्माण पुरा नभएको भन्दै आक्रोश व्यक्त गरेका छन् ।
काठमाडौंका मेयर बालेन शाहले गत १४ माघबाट धरहरा निर्माण भएको भवनको पहिलो तल्ला पार्किङका लागि खुल्ला गरेका थिए । लगत्तै सोही दिन शहरी विकास मन्त्रालय अन्तरगत केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन तथा आवास) महानगरलाई पत्र लेखेर आपत्ति जनाएको थियो ।

पार्किङ स्थलको निर्माण पूरा भई नसकेको तथा कसले सञ्चालन गर्ने भन्ने निर्णय हुन बाँकी छँदै महानगरले आफूखुसी पार्किङ खुलाएको आरोप लगाइएको छ ।

महानगरले हालै धरहरामा निःशुल्क पार्किङ सुरू गरेपछि त्यसलाई बन्द गर्न पत्र आएको भन्दै उनी आक्रोशित बनेका हुन् ।

उनले भनेका छन् -उद्घाटन गरेको २ वर्ष ९ महिनापछि पनि बनाएर नसकिएको लाज त्यागेर पत्र लेख्नुको औचित्य के हो ? पार्किङ बन्द गर्न महानगरमा पत्र लेख्नु भन्दा तत्कालीन प्रधानमन्त्री केपी ओलीले भन्नू भएको थियो ‘नबनेको भए म बिसौँ तलामा कसरी पुगेँ ?’ भनेर निर्लज्ज प्रतिप्रश्न गर्नेहरूलाई पत्र लेख्नु उपयुक्त हुन्छ ।

तोकिएको समयमा काम सम्पन्न नहुने र भित्तामा नाम लेख्न हतारोमा निर्णय भई उद्घाटन गर्ने प्रवृत्तिलाई भ्रष्टाचारको नयाँ प्रकृति मान्ने राष्ट्रिय नीति बनाउनुपर्ने उनको भनाई छ ।

निर्माण सम्पन्न नभई उद्घाटन गर्ने कुप्रवृत्तिलाई निरुत्साहित गर्न शाहले आग्रह गरेका छन् ।

सर्वसाधारणको दैनिक जीवनमा प्रत्यक्ष असर गर्ने र शहरको व्यवस्थापनमा प्रभाव पार्ने यस्ता कुराहरूसँग ख्यालठट्टा नगर्न आग्रह गर्दै शाहले सो स्थानमा पार्किङ बन्द नरहेको पनि बताएका छन् ।

उनले भनेका छन्- अन्त्यमा सो स्थानमा पार्किङ बन्द छैन र बन्द हुने छैन महानगरको पहलमा अहिलेको लागि निस्शुल्क सञ्चालन हुँदै छ, अझै व्यवस्थापन गर्दै लग्नेछौ । अहिले धेरैको नजर यहाँ को पार्किङ को ठेक्का लिएर नेपाल सरकारको सम्पत्तिमाथि रजाइँ गर्ने मनसाय देखिएको छ । हामी काठमाडौँ महानगरमा रहुन्जेल कसैको निजी स्वार्थको लागि सार्वजनिक सम्पत्ति प्रयोग हुन दिने छैनौं ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?