२४ माघ । तनहुँ । सप्ताह ज्ञान महायज्ञ लगाउन समुदायले खरिद गरेको सामाग्रीहरु मन्दिरबाट चोृरी भएको छ । व्यास नगरपालिका वडा नं. १० बैरेनीमा श्री राधाकृष्ण मन्दिर संरक्षण समितिले फागुन १ गते देखि गर्न लागेको सप्ताहका लागि खरिद गरिएका ग्यास सिलिण्डर, ग्यास चुल्हो, भाँडाकुडा, खाद्यान्न लगायतका सामाग्री चोरी भएको हो ।
सप्ताह संचालनका लागि खरिद गरिएको करिब २ लाख बराबरको सामान चोरी भएको श्री राधाकृष्ण मन्दिर संरक्षण समितिका अध्यक्ष फुन नारायण तिवारीले जानकारी दिनुभएको छ ।
बिहान सामाग्रीहरु राखेको स्थानमा सामाग्रीहरु नदेखेपछि सोधखोज गर्दा केहि पत्ता नलागेपछि प्रहरीलाई खबर गरिएको पनि उहाँले जानकारी दिनुभएको छ ।








