टीकापुरको सरकारी जग्गा प्लटिङ गरेर व्यक्तिलाई बाँड्नेहरुविरुद्ध विशेष अदालतमा मुद्दा दायर

सर्वज्योति
  • ख-
  • ख+

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कैलालीको टीकापुरस्थित सरकारी जग्गामा प्लटिङ गरी आफन्तलगायतको नाममा पास गरेको अभियोगमा टीकापुर विकास समितिका पदाधिकारीसहितविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

टीकापुर नगर विकास समितिका तत्कालीन अध्यक्ष नेत्रप्रसाद जोशीसहितलाई विपक्षी बनाइ बिहीबार मुद्दा दायर भएको हो ।

टीकापुर नगर विकास समितिका तत्कालीन अध्यक्ष जोशीलगायतका पदाधिकारीहरुको मिलेमतोमा नक्कली रसिद बनाई नगर विकास समितिका प्लट घडेरी किनबेच र हस्तान्तरण गरिएको अख्तियारको अनुसन्धानमा खुलेको छ ।

अख्तियारले उक्त कार्य गर्ने तत्कालीन पदाधिकारी,कर्मचारी र पहिलो तहमा समितिको जग्गा आफ्नो नाममा कायम गर्ने गराउने जग्गाधनी तथा सो जग्गा तहगत बिक्री हुँदै हालक कायम जग्गाधनीहरुका विरुद्धमा समेत बिगोसहितको सजाय मागदवीसहित विशेषमा मुद्दा दर्ता गरेको हो ।

नेपाल प्रेस

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?