संरचना हटाई सडक निर्माणमा सहयोग गरिदिन आग्रह गर्दै जिसस तनहुँका प्रमुख वाग्लेलाई वडा कार्यालयको पत्र

माधब पौडेल
  • ख-
  • ख+

 

(जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेलाई वडा कार्यालयबाट प्रेषित पत्र हस्तान्तरण गर्दै व्यास २, ३ र ४ का वडा सदस्यत्रय शुरेस वाग्ले दधिराज घिमिरे र सरोज भण्डारी)

२५ । माघ । तनहुँ । पृथ्वी राजमार्ग बिस्तारमा पर्ने  जिल्ला समन्वय समिति तनहुँका संरचनाहरु हटाउन आग्रह गर्दै जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेलाई ज्ञापन पत्र बुझाईएको छ । व्यास नगरपालिका वडा नंं. २ का वडा सदस्य शुरेस वाग्ले, वडा नं. ३ का वडा सदस्य दधिराज घिमिरे र वडा नं. ४ का सदस्य सरोज भण्डारीले आ आफ्नो वडा कार्यालयबाट प्रेषित पत्र समन्वय प्रमुख वाग्लेलाई हस्तान्तरण गर्दै उक्त राजमार्गमा पर्ने जिल्ला समन्वय समिति तनहुँको संरचना भत्काई सहयोग गरिदिन आग्रह गर्नुभएको छ ।
पत्रमा व्यास नगरपालिकाको साउन २३ गते बसेको बैठकले सडक निर्माणमा सहजिकरणका लागि संरचना भत्काउनु हुन आग्रह गर्दा पनि संरचनाहरु नभत्केकोेले धुवा, धुलोले दमौली बजारवासीको व्यापार खस्कदो र स्वास्थ्यमा प्रतिकुल असर परेकोले यथासिघ्र छिटो जिल्ला समन्वय समिति तनहुँका संरचना हटाउन आग्रह गर्दै वडा कार्यालयको पत्र बुझाईएको हो । साथै  उहाँहरुले वाग्लेलाई आफ्ना निजी संरचनाहरु पनि तोकिएको मापदण्ड अनुसार हटाई निर्माण कार्यमा सहयोग गरिदिनु हुन आग्रह गरिएको छ  ।

उक्त टोलीले तनहुँ उद्योग वाणिज्य संघका नवनिर्वाचित अध्यक्ष बैकुण्ठनाथ मिश्रलाई पनि वडाबाट प्रेषित पत्र बुझाउदै सडक मापदण्डभित्र पर्ने आफ्नो संरचना हटाई उदाहरणिय कार्यको शुरुवात गर्न आग्रह गरेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?